Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘संसद पुनस्थापना भएपछि देउवा प्रधानमन्त्री’

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
‘संसद पुनस्थापना भएपछि देउवा प्रधानमन्त्री’

सप्तरीः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुने बताएका छन् ।
‘संसद् पुनः स्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणासहित परमादेश जारी हुन्छ,’ सप्तरीको राजविराजमा आज (शनिबार) पत्रकारहरुसित यादवले भने, ‘यो ०१७ साल होइन यो ०७८ साल हो ।’
संसद् भंग गरी प्रदेश समेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय रहेको यादवको आरोप छ । उनले लामो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पारी ओलीले ०४७ साल ल्याउन खोजिएको पनि आरोप लगाए ।
उनले राजा त्रिभुवनले संसद् बन्नै नदिने, ०१७ सालमा राजा महेन्द्रले संसद् भंग गर्ने, ज्ञानेन्द्रले पनि संसदमाथि नै प्रहार गर्दै निरकुंश बने जस्तै त्यसको पछिल्लो संस्करणको रुपमा अहिले प्रधानमन्त्री ओली संसद्माथि प्रहार गर्दे स्वेच्छाचारी र निरकुंश बनिरहेको आरोप लगाए ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend