Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुकुलो पारियो निषेधाज्ञा, सार्वजनिक यातायातमा जोरबिजोर, होटेल रेस्टुरेन्ट टेक अवे मात्र

हाम्रो कोशी आवाज
असार १४ २०७८, सोमबार
खुकुलो पारियो निषेधाज्ञा, सार्वजनिक यातायातमा जोरबिजोर, होटेल रेस्टुरेन्ट टेक अवे मात्र

धरानः कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा काठमाडौँमा एक साता थपिने भएको छ ।
काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञा थपिए पनि सार्वजनिक यातायात भने संचालन हुने भएको छ ।
सार्वजनिक यातायात संचालनको मापदण्ड बनिरहेको र केही बेरमा सार्वजनिक गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए ।
सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न सक्ने सम्भावना रहेको छ भने होटेल रेस्टुरेन्ट बन्द रहनेछ । तर टेक अवे सेवा भने दिन पाउनेछन् ।
कोरोना संक्रमणको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिलो समय संक्रमणदर कम हुँदै गएको भन्दै निषेधाज्ञा बिस्तारै खुकुलो पारिएको छ ।

प्रकाशित मिति: असार १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend