Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीः माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?

हाम्रो कोशी आवाज
असार १४ २०७८, सोमबार
प्रधानमन्त्री ओलीः माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?

धरानः सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताए।
केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री अफर गरेको भए पनि सहयात्री दललाई धोका दिएर आफूले ओलीको प्रस्ताव नस्वीकार्ने बताएका थिए।
ओलीले नेपालको उक्त कुरालाई धाकको संज्ञा दिएका छन्।
माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक् के लगाएर हिँडेका छन्( केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर,’ प्रधानमन्त्री ओलीले भने,‘मलाई बहुला कुकुरले टोकेको छ र१ नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला।’
उनले अहिले नेता नेपालले आफ्नो महत्व बढाइरहेको आरोप लगाए।
कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्। एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन्। पुच्छर भएपछि जन्तु पूर्व फर्किए त्यो पश्चिमतिर हुन्छ। पछाडि पछाडिसँगै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।
पछिल्लो समय फुटको संघारमा रहेको एमालेको विवाद मिलाउन पहल भइरहेको भनिएका बेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालप्रति आक्रोश पोखेका हुन्।

प्रकाशित मिति: असार १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend