Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाली श्रमिक लैजान कोरियाले राख्यो शर्त छिट्टै, कोरियामा रोजगारी खुल्ने

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
नेपाली श्रमिक लैजान कोरियाले राख्यो शर्त छिट्टै, कोरियामा रोजगारी खुल्ने

धरानः दक्षिण कोरियाले नेपाली श्रमिक लैजान नेपालसामु सर्त राखेको छ ।
लैजाने प्रक्रिया कोरोना संक्रमणको सुरुवातसँगै रोकिएको थियो । कोरियाले नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नुपर्ने र त्यहाँ श्रमिकले आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्ने सर्त राखेको जनाइएको छ । सर्त पूरा गर्ने भएमा श्रमिक लैजाने प्रक्रिया अगाडि बढाउने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए ।
मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले कोरियाको सर्त अनुसारका धेरै काम भइसकेको र कतिपय श्रम सम्झौता हुँदाकै विषयमा पनि प्रगति भइरहेकाले छिट्टै कोरियाको रोजगारी खुल्ने विश्वास व्यक्त गरे । सरकारले गत साता दक्षिण कोरियामा पनि नियमित उडान सुरु गर्ने निर्णय गरिसकेको छ ।
कोरोना माहामारीका कारण गत वर्ष सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै दक्षिण श्रमिक कोरिया जान पाएका छैनन् । करिब ७ हजार नियमित र पुनः जान लागेका ३ हजार श्रमिक जान नपाएको मन्त्रालयले जनाएको छ ।
भाषा पास गरेर सबै प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाउँदा उनीहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend