Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘म प्रधानमन्त्री भएँ र हाम्रो नेतृत्वमा सरकार बनेपछि पहिलो निर्णय खोप’

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
‘म प्रधानमन्त्री भएँ र हाम्रो नेतृत्वमा सरकार बनेपछि पहिलो निर्णय खोप’

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन् ।
सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए ।
‘कोभिड-१९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं । हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै त्यही हुन्छ,’ उनले भने । उनले बुद्धिजीवीको कुरा सुनेपछि सार्वजनिक सुनुवाइबिना गरिएका सबै निर्णय खारेज गर्नुपर्ने समेत बताए ।
‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छन्’, देउवाले भने ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनर्स्थापना हुने निश्चित नै भएपनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए ।
‘संसद् त पुनर्स्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन । पुनस्र्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था हुँदैन । त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन । आफ्नो ठाउँबाट आवाज उठाइराख्नुपर्छ’, दाहालले भने ।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend