Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभर भारी वर्षाको सम्भावना, केही क्षेत्रमा जोखिम

हाम्रो कोशी आवाज
असार १६ २०७८, बुधबार
देशभर भारी वर्षाको सम्भावना, केही क्षेत्रमा जोखिम

धरानः देशभरको मौसम बुधबार सामन्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको सक्रिय प्रभाव रहेको मौसमविदले बताएका छन् । तराई भू(भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकाले पनि मौसम थप प्रभावित भएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असार १६, बिहानको ६ बजे
सिन्धुली जिल्ला स्थित कमला नदी,रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्मै उच्च सतर्कता अपनाऔ।
नेपाल बाढी सूचना
यसैबिच पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति: असार १६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend