Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२३ सांसदलाई हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको समय सकिँदै, के गर्ला माधव समूह ?

हाम्रो कोशी आवाज
असार २१ २०७८, सोमबार
२३ सांसदलाई हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको समय सकिँदै, के गर्ला माधव समूह ?

धरानः प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता गर्न दिएको समय आजस सकिँदैछ ।
गएको शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उनीहरुलाई हस्ताक्षर फिर्ता गर्न सोमबार साँझसम्मको समय दिएका थिए । ओलीले देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको हस्ताक्षर फिर्ता नगरे उनीहरुलाई एमालेबाटै हटाउने बताएका थिए ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने हस्ताक्षर फिर्ता नहुने भनेर बताइसकेको छ । आफूनिकट नेताहरूलाई कोटेश्वर पठाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई हस्ताक्षर फिर्ता लिन लगाउने अध्यक्ष ओलीको रणनीति ुबेकामेु बनेको छ । आइतवार बिहान ओलीनिकट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले हस्ताक्षर फिर्ता गर्न गरेको आग्रहलाई नेता नेपालले ओलीको ुजालझेलपूर्ण षड्यन्त्रुको नाम दिएका थिए ।
माधव पक्षले हस्ताक्षर फिर्ता नगरे ओलीले उनीहरुलाई थप कारबाही गर्ने संभावना छ ।
हस्ताक्षर फिर्ता नगरे एमाले विवाद झन् उचाइमा पुग्ने देखिन्छ ।

 

प्रकाशित मिति: असार २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend