Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले एकता प्रयास जारी आज पनि कार्यदलको बैठक बस्दै

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
एमाले एकता प्रयास जारी  आज पनि कार्यदलको बैठक बस्दै

धरानः दुई खेमामा विभाजित एमाले एकताका लागि पहल गर्न बनाइएको कार्यदलको बैठक आज मंगलबार पनि बस्दै छ।
कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गराएपछि निष्क्रिय बनेको एमाले कार्यदल हिजो सोमबारदेखि सक्रिय भएको हो।
सोमबार अर्थ मन्त्रालय सिंहदरबार मा बसेको कार्यदलको पहिलो बैठक सकारात्मक रहेको नेताहरूले बताएका छन्।
पहिलो बैठकमा पार्टी एकताका लागि अहिलेसम्म भएका औपचारिकरअनौपचारिक पहलरवार्ताको पुनरवलोकन गरिएको र आज थप छलफल गरिने एमाले स्थायी कमिटी सदस्य भुसालले जानकारी दिएका छन्।
यो पनिः
हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समय सकिएपछि ब्युँतियो एमाले कार्यदल

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend