आजको जमानामा फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर आदि सामाजिक सञ्जालको महत्व कम छैन । यो सबैका लागि सर्वस्वीकार जिनिस वा विषय भएको छ । तर, जो कोहीले फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर आदिमा पोस्ट गरेको लेख, रचना वा सामग्री एक पटक पनि नपढीकनै जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, सराप्नेहरुको त्यस्तो कमेन्ट, गालीगलौज, आमाचकारी गाली, सरापहरु भने अटोमेटिकल्ली अपलोड नै नहुने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
अझ कुनैपनि देशका सरकारले सम्बन्धित देशका नागरिकहरुको नागरिकतमा प्रमाणपत्र नम्बरको आधारमा, राष्ट्रिय परिचयपत्रको आधारमा, नाबालकहरुका हकमा जन्मदर्ता नम्बरको आधारमा र, विदेशमा रहेकाहरुका हकमा (नयाँ खोलेमा) पासपोर्ट नम्बरको प्रविष्टिको आधारमा र, सम्बन्धित व्यक्तिको फिङ्गर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि मात्रै फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर आदि सामाजिक सञ्जाल खुल्ने र, एक व्यक्तिले एक भन्दा बढी पटक फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर आदि सामाजिक सञ्जाल खोल्न नपाउने व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसो गर्न सकेमा जो कोहीले आपूmलाई मन नपरेको व्यक्ति, संघ, संस्था वा विषयमा जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, सराप्नेहरुको त्यस्तो कमेन्ट, गालीगलौज, आमाचकारी गाली, सराप्नेहरु हच्किने छन् । अन्यथा ….
जस्तो यो पंक्तिकारले केही हप्ता अघिदेखि फेसबुकको ‘राई पेज’ मा मैले मेरो नयाँ र पुराना लेखहरु निरन्तर पोस्ट गर्दै आएको छु, खास गरी राई के हो ?, जात हो कि ?, जाति हो कि ? शासकहरुले दिएको अस्थायी र जेठो छोरा, नातिमा सर्दै जाने पदवी वा पगरी हो ? भन्ने बारेमा लेखेको लेखहरु पोस्ट गर्ने गरेको छु ।
जर्नल, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यममा भने खासै आँखा नजाने हाम्रा ‘राई’ भन्ने कामरेडहरु फेसबुकमा भने यसो आँखा लगाउँदा रहेछन् भन्ने राम्रै अनुभव प्राप्त भएको छ । त्यसो त फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा केही सिक्ने कुरा नै हुँदैन वा सिक्नै सकिँदैन भन्नेचाहिँ कदापि पनि होइन ।
यसै क्रममा फेसबुकको ‘राई पेज’ मा मैले मेरो नयाँ पुरानो लेखहरु निरन्तर पोस्ट गर्दै आउने क्रममा ‘कमेन्ट, गालीगलौज’ पनि निरन्तर आइरह्यो, जुन एक लेखकको लागि प्रेरणको स्रोत नै हो ? तर, कस्तोसम्म भयो वा भई रहेको छ भने, लेखको सुरुमा, शीरमै ‘एक पटक लेख, रचना वा पोस्ट गरेको सामग्री पढेर ‘योयो बेठीक छ, ठीक छ भन्नुपर्दैन’ भनी कमेन्ट गर्नुहोला, जताभावी कमेन्ट नगर्नु होला भनेर अनुरोध गर्दै आएको छ, छु । तर, …
उग्र वा विषयमा केन्द्रित नरहेर जताभावी ‘कमेन्ट, गालीगलौज’ गर्ने चल्ला राई महानुभावहरुमा ‘प्रताप जङ कुुलङ राई, राज संगम राई, संग्राम राई, बुसुरी हुङनाम जय, केदार ईशानताम्पा राई, काङछामी मून राई, पुस्कर राई, विशाल राई, खिमलीना राई, विमल किराती, कवि राई, डेविट राई, जनम बान्तावा राई, यकाङपित्रुङ छा… राई, लिङ चिङ… राई, अननोन, अननोउन किराती, राछेनबुङ … राई, सुनिल हाङछेन, विक्की राई, राई बायुङ, किरण राईलगायत अरु धेरै राई कामरेडहरु हुनुहुन्छ ।
तर, मलाई के विश्वास छ भने, उहाँहरुमध्ये सम्भवतः ९२–९३ प्रतिशत देखि ९५–९६ प्रतिशत राई कामरेडहरुको फेसबुक आइडी नक्कली होला । त्यसो त जान्ने बुझ्नेहरुले भनेअनुसार ‘कुनै पनि व्यक्तिले आफूलाई मन नपरेको विषय, मान्छे, संघ, संस्था आदिलाई जताभावी गालीगलौज गर्न र आमाचकारी गाली दिन यसरी नक्कली नाममा क्षणिक समयका लागि फेसबुक खोल्ने गरिएको छ वा खोल्ने गरिन्छ अरे ।’ तर, मैले माथि नाम उल्लेख गरेका र नगरेका सबै नाम सूची बनाएर राखेको छु । किनभने, यसरी नक्कली फेसबुक आइडी बनाएर जताभावी गालीगलौज गर्ने र आमाचकारी गाली दिने कामरेडहरुका बारेमा पनि ‘साइबर क्राइम ब्यूरो’ मा गएर सोधखोज गरेर उनीहरुको वास्तविक नाम पत्ता लगाएपछि फेरि अर्को एक लेख लेख्ने विचारमा छु । त्यसो त नेपालीमा भनाइ नै छ ‘नकच्चरोको औषधि’ हुँदैन । तापनि… हुन त त्यसरी जताभावी कमेन्ट वा गालीगलौज गर्ने धेरै जसो ‘चल्ला’ कामरेडहरु फेसबुकबाट हटिसक्नुभएको छ । हटेका समेतलाई मेरो हार्दिक धन्यवाद छ ।
जबकि मैले यो विषयमा (राई जात वा जाति होइन भन्ने) अहिलेदेखि होइन, जबदेखि मैले राई जात वा जाति होइन भन्ने बुझें, तबदेखि नै लेख्दै आएको छु, बोल्दै आएको छु, जनवकालत गर्दै आएको छु । खासमा राई के हो ? जात वा जाति हो कि ? तपाईहरु विषयमा केन्द्रित नरही, अन्टसन्टको प्रश्न, गालीगलौज, आमाचकारी गाली र छेडखानी गर्ने गर्नुहुन्छ ?
त्यसैले ‘चल्ला राई’ कामरेडहरुले ‘माऊ राई’ कामरेडहरुलाई सम्पर्क गरेर एक पटक कथित राई जाति बारे यो के भइरहेको हो ? भनी सोधखोज गर्दा अझ राम्रो होला कि ? नत्र भने त माथिल्लो पदमा रहेका राई सर, राईनी म्याडमहरु पो त चम्किनुपर्ने ? उनीहरु किन नचम्केका ? किन उनीहरु अहिलेसम्म यो विषयमा चुँ नगरी बसेका छन् ? चल्ला राई ज्यूहरु, हजुरहरुले एक पटक कसै गरी माउ राईहरुसँग सम्पर्क गरेर बुभ्mनुहोला । साथै कथित राई जातिको नाममा खुलेको एनजिओका माथिल्लो पदमा रहेका राई सर, राईनी म्याडमहरु कुनै पनि कार्यक्रममा हामी (कुलुङ) लाई देखेपछि परपरै भागीभागी हिड्नुहुन्छ, भागी हिँड्नुहुन्थ्यो, किन ? हामीलाई बोलाउदै नबोलाऊ भन्नु हुन्थ्यो, हुन्छ किन ? हामीलाई बोलाएमा आउँदैनौं भन्नु हुन्थ्यो किन ? खास गरी यस्तो काम विसं २०७०/०७१ अघि र विसं २०५८÷०५९ सालअघि हुन्थ्यो, भएको थियो ।
त्यस्तै एक जना राई डाक्टर साब (भाषा विज्ञानका पूरानो राई डाक्टर) ले त ‘एक जाति राईको २८ भाषा हुँदैन, राई भाषा होइन, त्यसैले तपाईहरुले उठाएको मुद्याको म विरोध गर्दिन, साथै खुलेर समर्थन पनि गर्दिन, सद्भावचाहिँ छ !’ भनी उहिल्यै भनी सक्नु भएको अवस्था हो । त्यसैले ‘चल्ला राई’ कामरेडहरुका साथै फेसबुकका अन्य आदरणीय महानुभाव ज्युहरु, तपाईँहरु नै भन्नु होस् त म साँच्चै गलत हो ?
त्यही भएर मेरो फोटो भनेर प्रताप जङ कुुलङ राई नामक राईका चल्ला ज्युले, मैले पोस्ट गरेको लेख, रचना वा सामग्रीको विषयमा केन्द्रीत रहेर बौद्घिक बहस र तर्क गर्न नसकेर अरु नै कसैको फोटोलाई मेरो ‘निनाम कुलुङको बाल्यकाल’ भनेर फेसबुकमा पोस्ट गर्नु मिल्छ । यसो गर्नु कहाँको बहादुरी हो ? कसको कसको फोटो मेरो भनेर दुरुपयोग गरेर पोस्ट गर्नु ठीक हो ? जबकि हजुरुहरुले (खास गरी केही राईहरुले जस्तै काङछामी मून राईका साथै अरु केही राईहरुले) आमचकारी गाली गर्ने, विषयमा केन्द्रीत नरहेर जताभावी कमेन्ट गर्ने गर्दा पनि सहेकै थिए ।

तर, जब कताकताबाट आएर प्रताप जङ कुुलङ राई ज्युले, मेरो लेखमा केन्द्रित नै नभई अन्टसन्ट कमेन्ट गर्ने, जत्ति गर्दा पनि म नथाकेपछि मेरो भनेर कसको कसको फोटो गत २६ जुनमा पोस्ट गर्नु भएकोले गर्दा अब म छाड्न सक्दिन भनेको हो र, छाड्दिन पनि ।
यसरी मेरो फोटो हो भनी अर्कैको फोटो पोस्ट गरेकोमा, अरुको फोटो दुरुपयोग गरेको, मानहानी गरेको, मानसिक यातना दिएको लगयात मुद्दा हाल्न सकिन्छ भनेर वकिलले सुझाव दिनु भएको छ । यस विषयमाचाहिँ पछिल्लोपटक जस्तै राज संगम राई, केदार इशानताम्पा राई, पुस्कर राई, विशाल राई, खिमलीना राई जनम बान्तावा राई, कवि राई राई बायुङ लगायत अरु धेरै वा भनौं कमेन्ट गर्ने राई ज्युले केही विचार राखेका छैनन् ? यस विषयमा पनि हजुरहरु सबैको विचार र भनाइ जान्न पाउन है ? यस विषयमा सत्य के हो ? भनी बुभ्mन पूरानो तथा नयाँ कमेन्टहरु हजुरले हेर्न सक्नुहुन्छ । तर, जब बौद्यिक ढंंगले, तार्किक ढंगले, वा भनौं एक सामान्य साक्षरले जत्ति पनि सीमारेखा नराखेर, विषयमा केन्द्रीत नभएर आमचकारी गाली गर्दा पनि म थाकिन, त्यसपछि प्रताप जङ कुुलङ राई ज्युले, सो फोटो मेरो भनेर गत २६ जुनमा पोस्ट गर्नु भएको हो ।
वकिलहरुले पनि मानहानी, मानसिक यातना र अरुको फोटो दुरुपयोग गरेको लगायत मुद्या लगाउन सकिन्छ भन्नु भएको छ । तर, केही राईका चल्लाहरुले (एक जना राई ज्युले) भने जस्तो मैले ‘नापेर देखाउन’ पनि समय आउनु पर्यो नि होइन र ? त्यसमाथि हिँडडुल गर्नलाई कोरोना महामारी घटेको छैन, जोखिम कायमै छ । अझ त्यमाथि पनि म मुटु (देब्रे पाटो प्रति मिनेट १५ देखि २० पटक मात्रै रगत फाल्न सक्छ) रोगी, ब्लड प्रेसर हाई, युरिक एसिड (१०.१) रोगी, पायल्स् रोगी, दिमागको नसा सुक्ने, सुकेको रोगी आदि हो अथवा रोगी छु । त्यही पनि हजुरहरु जस्तो कुनै पनि लेख, रचना वा सामग्री नपढीकनै अन्धाधुन्दामा कमेन्ट गर्ने, गालीगलौज गर्ने, सराप्नेहरुका लागि पनि अभैm धेरै बाँच्नु मन लाग्छ । अझ हजुरहरु (राई ज्युहरु) ले प्रताप जङ कुुलङ राई ज्युले मेरो भनेर कसको कसको फोटो पोस्ट गरेको के गर्नुपर्ने हो ? केही लेख्नु, बोल्नु, कमेन्ट गर्नु हुन्न । अर्को आठौं आश्चार्य … ?
तैपनि प्रताप जङ कुुलङ राई भन्ने मान्छेले फेसबुक आईडी खोलेको मिति, उहाँले फेसबुकमा पोस्ट गरेको र कमेन्ट गरेको सामग्रीहरु अझ खासगरी मेरो भनेर उहाँले पोस्ट गर्नु भएको कसको कसको फोटो सबैसबै सुरक्षित राखेको छु । साथै उहाँ कहाँको हो ? को हो ? खोजी भइरहेको छ । जहाँको भए पनि, विदेशमै भए पनि फर्केर आएपछि कारबाही हुन्छ अरे, वकिल ज्युले भन्नु भएको । कि भने विदेशी नागरिकता लिएर उतै बसेको भए अर्कै कुरा … । त्यसैले म फेरि पनि भन्छु, कोही पनि मान्छेले आवेगमा आएर, मन परेन भन्दैमा रिसमा आएर अरुको फोटो दरुुपयोग गरेको, मेरो हो भनी अर्कै मान्छेको फोटो पोस्ट गरेकोमा अरुको फोटो दुरुपयोग गरेको, मानहानी गरेको, मानसिक यातना दिएको लगयात मुद्या हाल्न सकिन्छ भनेर वकिल ज्युले सुझाव दिनु भएको छ ।
त्यसैले जो सुकैले जताभावी कमेन्ट गर्दा पनि सहेकै थिए । हो, होइन भनी जाँच गर्नलाई उहाँ लगायत अरुहरुको पूरानो कमेन्ट पनि हजुरले हेर्न सक्नुहुन्छ । तर, प्रताप जङ कुुलङ राई ज्युले सो फोटो मेरो भनेर गत २६ जुनमा पोस्ट गर्नु भएको हो । प्रताप जङ कुुलङ राई ज्युलाई म अब कुनजङ कुुलङ राई ज्युलाई म अब कुनै हालतमा पनि छाड्नेवाला छैन । त्यसैले अभैm पनि म आग्रह गर्दछु, कसैले पनि क्षणिक आवेगमा आएर भन्दा पनि पोस्ट गरेको लेख, रचना वा अन्य सामग्रीहरुमा केके छ ? कुनुकुन विषय वा बुँदामा आपूm असहमत भएको हो ? बुँदागत रुपमा योयो कुरा बेठीक हो ? भनेर (ठीक भन्नु पर्दैन) कमेन्ट गर्नु हुन पुनः म एक पटक हार्दिक अनुरोध गर्दछु ।
लेखकको निजी विचारमा आधारित