Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रोकिएन् नेप्सेको ओरालो यात्रा, आज पनि ५।२४ अंकले घट्यो

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
रोकिएन् नेप्सेको ओरालो यात्रा, आज पनि ५।२४ अंकले घट्यो

धरानः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५।२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ४ अर्ब २२ करोड ४० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका चार समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ३६ करोडको कारोबार भएको छ ।

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend