Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले एकता अन्तिम चरणमा पुगेको नेता विष्टको दाबी

हाम्रो कोशी आवाज
असार २४ २०७८, बिहिबार
एमाले एकता अन्तिम चरणमा पुगेको नेता विष्टको दाबी

धरानः पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकर्ण विष्टले एमालेको एकता नजिकको विन्दुमा पुगेको बताएका छन् ।
सिंहदरबारमा एमाले कार्यदलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दा नेता विष्टले यस्तो बताएका हुन् ।
नेता विष्ट माधव कुमार नेपाल पक्षका नेता हुन् ।
अहिलेको लागि कार्यदलको बैठक स्थगित भएको छ ।
बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
बैठक पुन सात बजे बस्ने भएको छ ।
माधव कुमार नेपाल पक्षका संयोजक भीम रावल कोटेश्वर गएपछि आजको बैठक एक घण्टा ढिला सुरु भएको थियो ।
एमाले कार्यदलको बैठक यो भन्दा अगाडी दुईपटक बसिसकेको छ ।
एमालेमा विग्रह बढ्दै गएर फूटको संघारमा पुगेपछि गत जेठ २ गते अध्यक्ष ओली र नेता नेपालका ५र५ प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा ओली समूहका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।
बीचमा ओलीले कार्यदलका सदस्य रावललाई पार्टीबाट नै निष्कासन गर्ने गरी कारवाही गरेपछि कार्यदलको औचित्य समाप्त भएको थियो । तर कार्यदलका सदस्यहरू अनौपचारिक भेटवार्तामा भने थिए ।

प्रकाशित मिति: असार २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend