Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो

हाम्रो कोशी आवाज
असार २५ २०७८, शुक्रबार
सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो

धरानः सरकारले चीनबाट किनेको कोरोनाविरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोपको आठ लाख डोज ल्याइएको हो । खोप लिन बिहीबार निगमको जहाज चीन गएको थियो।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप काठमाडौँ ल्याइएको हो ।
चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।
नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् ।
यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने योजना रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।
खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ। असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ। खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल फर्किने तालिका छ।

प्रकाशित मिति: असार २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend