Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सन् २०२१ भित्र सबैलाई कोरोना खोप: प्रधानमन्त्री

हाम्रो कोशी आवाज
असार २७ २०७८, आइतबार
सन् २०२१ भित्र सबैलाई कोरोना खोप: प्रधानमन्त्री

धरानः प्रधानमन्त्री केपी शर्मा ओली सन् २०२१ भित्र सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन्।
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले अब नेपाली नागरिक भ्याक्सिनको अभावमा तड्पिन नपर्ने बताए।
२०२१ सम्म खोप लगाइसक्ने गरी प्रयासरत छौं। भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैनु, उनले भने,
केही समय खोपको अभाव हुन्छकी जस्तो भयो। अब त्यस्तो हुँदैन।
भ्याक्सिन ल्याउने र निरन्तर उपलव्ध गराउने उनले बताए। भ्याक्सिन उपलव्ध गराउन नयाँ नयाँ प्रयास गरिरहेको उनको भनाई छ।
उनले यही क्षेत्रबाट औषधि विज्ञानको सुरुवात भएको भन्दै पूर्वजहरु अन्धविश्वासी नभएर वैज्ञानिक रहेको बताए। अडाई हजार वर्ष अघि यही क्षेत्रमा सल्यक्रिया गरिएको उनले बताए।
आयुर्वेदलाई शासक वर्गले सर्वसाधारणसम्म पुरयाइदिएको भए झारफुकमा विश्वास गनुपर्ने अवस्था नआउने उनको भनाई छ।

प्रकाशित मिति: असार २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend