Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अदालत विरुद्ध खनिए ओली, रेफ्री नै निष्पक्ष नभएको आरोप

हाम्रो कोशी आवाज
असार २९ २०७८, मंगलबार
अदालत विरुद्ध खनिए ओली, रेफ्री नै निष्पक्ष नभएको आरोप

धरानः प्रधानमन्त्री केपी ओलीले सर्वोच्चको फैसलाका लोकतन्त्र गुम्ने चिन्ता व्यक्त गरेका छन्। विगतमा समेत यस्तै चिन्ता आफूले व्यक्त गरेको र त्यो यथार्थतामा परिणत भएको उनले स्मरण गराए। मङ्गलवार दिउँसो जनताको नाममा सम्बोधन गर्दै राजीनामा मन्तव्यमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
ओलीले अहिले जीत भयो भनेर उन्माद गर्दा पछि त्यसको परिणामका कारण पश्चात्ताप गर्नुपर्ने अवस्थामा पुग्ने उनले चेतावनी दिए। एमालेका असन्तुष्ट माधव नेपाल समूहका सांसदलाई कारबाही गर्न नपाउने भनी सर्वोच्चले गरेको निर्णय प्रति उनले आक्रोश व्यक्त गरे।
अदालतले प्रत्येक विषयमा हात हाल्ने, सन्दर्भ नै नभएका विषयमा निर्णय प्रवेश गर्ने गरेकोले त्यसले जटिलता बढेको उनले टिप्पणी गरेका छन्। उनले भने , रेफ्रीले नै गोल हान्ने र एउटा पक्षमा लाग्ने गर्नु हुँदैनथ्यो।
आफूले विकासलाई केन्द्रमा राखेर काम गरेको उनले दाबी गरे। आफ्नो नेतृत्वमा देशले रूपान्तरण अनुभूत गरेको उनले बताए। आफूले दुई करोड भन्दा बढी खोपको जोहो गरेको दाबी गर्दै ओलीले हालको आवश्यकतालाई केन्द्रमा राखेर काम गरेको बताए।

प्रकाशित मिति: असार २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend