Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेसको महाधिवेशन सर्ने छाँटकाट !

हाम्रो कोशी आवाज
साउन १ २०७८, शुक्रबार
कांग्रेसको महाधिवेशन सर्ने छाँटकाट !

धरानः नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन छर्ने छाँटकाट देखिन थालेको छ ।
महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका छ । मन्त्रिमण्डल विस्तार, कोभिड र क्रियाशील सदस्यताको विषयका कारण महाधिवेशन सार्ने तयारी भएको स्रोतले जनाएको छ । यो विषयलाई सभापति देउवाले छिट्टै बस्ने पार्टी पदाधिकारी बैठकमा प्रस्तावका रूपमा लैजाने जनाइएको छ ।
पहिलो पटक सरकार बनेको, स्थानीय निर्वाचनको लागि केन्द्रित हुनुपर्ने र कोरोनाको कारण अहिले महाधिवेशन गर्न सम्भव नहुने भएकोले सार्नुपर्ने आवाज उठेको जनाइएको छ ।
बिहीबार कांग्रेसका प्रभावशाली युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, बद्री पाण्डेलगायतका नेताहरुको भेलाले भरखरै सरकार गठन भएको, स्थानीय तहको चुनाव निकट आइसकेको, कोरोना अझै नसकिएको र सरकारले साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेकोले अधिवेशनका कार्यक्रम अघि बढाउन नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए ।
कांग्रेसको साउन ६ गते वडा तहको अधिवेशन हुने तय भएको थियो । यस्तै गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ भने प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुने तय भएको छ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने घोषणा भइसकेको छ ।

प्रकाशित मिति: साउन १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend