Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेसमा क्रियाशील सदस्यमा युवापुस्ताको बर्चस्व

हाम्रो कोशी आवाज
साउन १२ २०७८, मंगलबार
कांग्रेसमा क्रियाशील सदस्यमा युवापुस्ताको बर्चस्व

धरानः नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या विगतको भन्दा दोब्बर बढीले बढेको छ। नयाँ कियाशील सदस्य संख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ।
तीमध्ये चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन्। क्रियाशील सदस्यता छानविन समितिले पार्टीको पदाधिकारी बैठकमा मंगलबार प्रतिवेदन पेस गरेको छ।
पुराना चार लाख ९ हजारको सदस्यता नवीकरण भएको छ। प्रतिवेदन अनुसार सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ६६ जना छन्।
कांग्रेसको क्रियाशील सदस्यमा भने युवाको वर्चस्व देखिएको छ। सबैभन्दा बढी ४१ देखि ६० वर्ष उमेर समूहका सदस्य छन्। १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना अर्थात् ४.५९ प्रतिशतले क्रियाशील पाएका छन्।
२६ देखि ४० वर्ष उमेर समुहका २ लाख २९ हजार ७७४ अर्थात् २८.३८ जनाले सदस्यता पाउँदा ४१ देखि ६० वर्ष उमेर समूहका तीन लाख २८ हजार २३४ जना अर्थात् ३७.३० प्रतिशतले सदस्यता पाएका छन्।
६१ देखि ७५ वर्ष उमेर समूहका ८३ हजार १० जना अर्थात् ९‍.४३ प्रतिशत र ७५ वर्षमाथिका ११ हजार ७८२ जना अर्थात् १.३३ प्रतिशत क्रियाशील सदस्य छन्। नेतृत्वमा भने अधिकांश पाका नेताहरुले दाबी गरिरहेका छन्। पदाधिकारीका आकांक्षी पनि पाका उमेरकै छन्।

प्रकाशित मिति: साउन १२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend