Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युपिएफको एशिया प्यासफिकस्तरीय नेतृत्व सम्मेलन सम्पन्न

हाम्रो कोशी आवाज
साउन १४ २०७८, बिहिबार
युपिएफको एशिया प्यासफिकस्तरीय नेतृत्व सम्मेलन सम्पन्न

धरानः कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजना गरेको एशिया प्रसान्त नेतृत्व र थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिकस्तरीय दुईदिने नेतृत्व सम्मेलन सम्पन्न भएको छ ।
साउन १३ र १४ गते अर्थात् २०२१ को जुलाइ महिनाको २८ र २९का दिन भर्चुअल सम्मेलनमा उत्तर दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्तमा शान्ति र सुरक्षा विषयमा विभिन्न दृष्टिकोणहरुमा एशिया प्यासफिक क्षेत्रका विज्ञहरुले जोड दिएका छन् ।
सम्मेलनमा लागि तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौं व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरुले दुई कोरियाबीचको पुनमिलनको सम्भाब्यताबारे बोलेका थिए । सम्मेलनमा राष्ट्रका पूर्व राष्ट्र प्रमुख, संसद, कुटनीतिक विज्ञहरूले सम्बोधन गदै कोरिया पुनमिलनको बारेमा ऐक्यबद्धता प्रकट गरे । सन २००५ मा. डा. सुन म्योङ मुन र उनकी धर्मपत्नी डा. हाक जा हान मुन (जो अहिले विश्व शान्ति अभियानको नेतृत्व गरिरहेका छन् ।
सम्मेलनमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले दुई कोरियाबीच पुनर्मिलन एक मात्र तरिका हो जुन पृथक परिवारका पीडित हृदयहरूलाई निको पार्छ । कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुरयाउँछ । उपराष्ट्रपति झाले एक शान्त र एकीकृत कोरिया जुन युद्धको डरबाट मुक्त हुनेछ जो उत्तरपूर्वी एसियामा आर्थिक विकासको लागि उत्प्रेरक बन्ने दाबी गदै दुवै कोरियाको एउटै धर्म, समानभाषा, समान संस्कृति र समान परम्परा रहेको बताए ।
पूर्वमन्त्री हिसिला यमीले नेपालको शान्ति प्रकृयाको बारेमा चर्चा गदै विश्वलाई एकताबद्ध गर्ने उपयुक्त माध्यमनै वार्ता र छलफल भएको बताइन् । उनले दुई कोरियालीहरुबीचको प्रगति मध्यस्थतामा कुरा गर्न रसिया र चाइनाले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइन् ।
सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदीपको शान्तिपूर्ण पूर्नमिलनको लागि सामाजिक अभियानहरु सञ्चालन गरेको बताउँदै दुवै कोरियाको एकीकरण विस्तारै सम्भव बन्दै जाने बताए । ढकालले दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रममार्फत् कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए । युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले बुद्ध जन्मिएको देश नेपाल र शान्तिप्रेमी नेपालीहरु सदैव शान्तिको पक्षमा उभिने बताए ।
लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबी शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि गरेका थिए । सम्मेलनमा एशिया प्यासफिक क्षेत्रका लाखौं मानिसहरुले सामाजिक सञ्जालमार्फत् कार्यक्रममा भाग लिएका थिए ।

प्रकाशित मिति: साउन १४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend