Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गर्मीमा घमौरा आउने समस्या, घरमै उपचारपछि पाइन्छ छुटकारा

हाम्रो कोशी आवाज
साउन २३ २०७८, शनिबार
गर्मीमा घमौरा आउने समस्या, घरमै उपचारपछि पाइन्छ छुटकारा

गर्मीमा धेरैलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः
– घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।
– घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ ।
– घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।
– बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।
– घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ ।
– नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।
– तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।
– लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।
– घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गर्नुपर्छ ।

किन आउँछन् यी समस्या ? बालबालिकालाई सताउँछ
गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ।
घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ ।
त्यसैगरी गर्मीमा ब्याक्टेरियाकोबाट हुने छाला सम्बन्धि संक्रमण बढी देखिन्छ । फहोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन् ।
गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो । खाशगरी चर्काे घाममा ननिस्किने र बच्चालाई सक्दो ननिकाल्ने, हल्का पातलो, खुकुलो सुतिको कपडा लगाउने, गुम्सिने, साँघुरो र बाक्ले कपडा प्रयोग नगर्ने गर्नुपर्छ । बालबच्चालाई सक्दो शितलमा राख्ने गर्नुपर्छ । गर्मीमा पनि आगोमा सेक्ने वा घाममा राख्ने कतिले गरेका हुन्छन् । यस्तो बिलकुलै गर्नुहुँदैन ।
घमौरा आइसकेको छ भने सफा रुमाल धाराको पानीमा भिजाएर नियमित पुछिदिने गर्नुपर्छ । पुछेपछि त्यो भागलाई हावमा सुक्न दिने गर्नुपर्छ ।
यसैगरी घाउ र खटिरा सर्ने भएकाले अन्य केटाकेटीलाई नजिक आउन नदिने गर्नुपर्छ । घमौरा, घाउ, खटिरा आउँदा कोट्याउन नदिने, सरसफाईमा ध्यान दिने गर्नुपर्छ । यसरी ठीक भएन भने नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन जरुरी हुन्छ ।

प्रकाशित मिति: साउन २३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend