धरानः विधिसम्मत ढंगबाट १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै दबाब दिन सोमबारदेखि काठमाडौंमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरूको दोस्रो दिनको भेला सुरु भएको छ।
क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै इतर समूहका जिल्ला सभापतिहरुले ठमेलस्थित होटल यात्रीमा दोस्रो दिनको छलफल सुरु गरेका हुन्।
भेलाले गर्ने निर्णय र सुझावहरु प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुलाई बुझाइने सभापतिहरुले बताएका छन्।