Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केपी ओलीको कटाक्ष दशैँ आउँदा केटाकेटी रमाए जस्तो विपक्षी हौसिए

हाम्रो कोशी आवाज
साउन २६ २०७८, मंगलबार
केपी ओलीको कटाक्ष  दशैँ आउँदा केटाकेटी रमाए जस्तो विपक्षी हौसिए

धरानः प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन असाध्यै हौसिएको बताएका छन्
असामान्य ढंगले सरकार परिवर्तन भएको ओलीको भनाइ छ।
आज प्रतिनिधि सभामा बोल्दै ओलीले सत्ता गठबन्धन दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको पनि बताए।
सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ, केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क। एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ,’ ओलीले भने।
सरकारले एक महिनासम्म केही काम नगरेको ओलीको आरोप छ। तर सरकारले भूमि आयोग खारेज गरेकोमा भने ओलीले असन्तुष्टि जनाएका छन्
सरकारले केही गरेको छ, भूमि आयोग बन्द गरेर घाँटी सेर्ने काम भएको छ,’ उनले भने। सर्वोच्चबाट प्रतिनिधि सभा पुनर्स्थापना हुँदै कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बनेको थियो।
ओलीले असाधारण मतसहित फेरि आफू आउने बताएका छन्। उनले लोकतान्त्रिक प्रणालीका संस्थाहरू मर्यादामा बसेर काम गर्नुपर्ने पनि बताए। उनले सरकारले एक महिनामा ठूलै उपलब्धी गरेको पनि टिप्पणी गरे। सरकारले उपलब्धी गरेको छ। , अझै पनि ममाथि प्रहार भएको देखेँ, म माथि प्रहार भइरहेको छ। यस्ता सानातिना गाली गलोजले मलाई फरक पर्दैन।

प्रकाशित मिति: साउन २६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend