धरानः नेपाली कांग्रेसको आगामी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले यथास्थितिमै महाधिवेशन गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवासँग छलफल गरेको केही घण्टापछि नेता कोइरालाले तत्काल महाधिवशेन गर्न सक्ने स्थिति नरहेको प्रतिक्रिया दिएका हुन्।
पार्टीको विधानविपरीत क्रियाशील सदस्यता वितरण र पार्टी समायोजन गरिएको आरोप लगाउँदै नेता कोइारालले केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज गरेर समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता रोकिनुपर्ने माग गरेका छन्।
‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएकाबाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न,’ उनले फेसबुकमा लेखेका छन्।