Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नियमित अधिवेशनमा जानुको विकल्प छैन’

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
‘नियमित अधिवेशनमा जानुको विकल्प छैन’

धरानः नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला नेता डा। शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन्।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन्।
नेता कोइरालाले पार्टीका जिम्मेवार नेताहरुबाटै वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर अझै डेढ(दुई वर्ष लम्ब्याउने कुरा सुनिएको भन्दै विशेष महाधिवेशन र म्याद थप स्वीकार्य नहुने स्पष्ट पारे।
अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विषेश महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ दुई वर्ष समय थप्ने कुरा सुनिदैछ। कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्,’ कोइरालाले भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन। विषेश महाधिवेशन र म्याद थप्ने कुरा मान्य हुँदैन।’
क्रियाशील सदस्यताको समस्या समाधान नभइ महाधिवेशन हुन नसक्ने उनको तर्क थियो। क्रियाशील सदस्यताको समस्या समाधान गरेर दुई महिनाभित्र महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिए।
‘हामीले पटक(पटक कार्यतालिका बनायौं। तर, क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयोु, उनले भने, यो पटक त्यस्तो नहोस्।

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend