Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रेस काउन्सिलले नाम उस्तै रहेका र मिल्दाजुल्दा न्यूजपोर्टल सूचीकरण नगर्ने

हाम्रो कोशी आवाज
साउन २९ २०७८, शुक्रबार
प्रेस काउन्सिलले नाम उस्तै रहेका र मिल्दाजुल्दा न्यूजपोर्टल सूचीकरण नगर्ने

धरानः प्रेस काउन्सिल नेपालले नाम उस्तै र आपसमा मिल्दाजुल्दा डोमेनका न्यूज पोर्टल सूचीकरण नगर्ने भएको छ ।
काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै दर्ता भई सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता र मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको हालैको बैठकले यस्तो निर्णय गरेको हो । विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी र गुनासाहरू आउने गरेको प्रेस काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: साउन २९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend