Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

हाम्रो कोशी आवाज
साउन ३१ २०७८, आइतबार
सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

सूचना, सञ्चार, विज्ञान र प्रविधिले अपेक्षा गरेभन्दा बढी तीब्र गतिमा फड्को मारेको आजको २१ औं जमाना भनिएको समयमा निश्चय नै फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाटस् एप, इन्स्ट्राग्राम, ट्वीटर, म्यासेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको महत्व धेरै बढेको देखिन्छ ।
हुन पनि फेसबुक, भाइबर, स्न्याप च्याट, इन्स्ट्राग्राम, ट्वीटर, म्यासेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको महत्व कम आकर्षक छैन, धेरै नै आकषैक रहेको छ । हुन पनि सामान्य साक्षरहरुका लागि पनि यो अब दैनिक आवश्यकताको वस्तु बन्दै गएको देखिन्छ । त्यसैले त पछिल्लो समयमा आएर फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाटस् एप, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको महत्व सहर बजारमा बस्ने मान्छेहरुका लागि मात्रै नभएर सहरोन्मुख गाऊँ र, दुर्गम गाउँवस्तीमा बस्ने सर्वसाधारणहरुका लागि समेत आवश्यक र सर्वस्वीकार्य भएको छ ।
वास्तवमा यी आधुनिक जमानाका आधुनिक प्रविधि (समाजिक सञ्जाल) हरुको आगमनसँगै आमसञ्चारका पुराना माध्यमहरु जस्तै कटुवाल प्रथा, आकाशवाणी (आवा), हुलाक र हुलाकीका माध्यमबाट हुने चिठीपत्र आदानप्रदान, हाते चिठीपत्र आदानप्रदानका साथै टाढाका आफन्त वा नातागोतामा जन्म, विवाह, मृत्यु आदिको खबर गर्न मान्छेले नै धाउनुपर्ने वा कुनै लाठे मान्छे सम्बिन्धित ठाउँमा पठाएर खबर गर्नुपर्ने ती दिनहरु आजभोलि सम्झँदा सपना जस्तो लाग्छ नै, नयाँपुस्ताले त पत्याउँदैनन् पनि । अझ नयाँ पुस्ताहरुका लागि त इतिहासमा अंकित भएको कथाजस्तो पनि लाग्न सक्छ, माथि उल्लेखित सञ्चारमाध्यमका पूराना प्रयोगहरु ।
यसरी जमानासँगै आज आएको फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाटस् एप, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको महत्व बढेसँगै र, भौतिक दूरीका हिसाबले धेरै टाढा रहेका मान्छेहरुलाई एकआपस्तमा सूचना दिने सञ्चार गर्ने धेरै सजिलो माध्यम भएतापनि सामाजिक सञ्जालको नकारात्मक असर र जोखिम पनि बढ्दो क्रममा रहेको देखिन्छ । जस्तै फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाटस् एप, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको प्रयोग गरेर (नेपालमा फेसबुकमार्पmत्) धेरै अपराधजन्य काम, ठगी, यौन हिंसा, महिला हिंसा पैसा चोरी, एटीएममार्पmत् निकाल्ने क्रम बढ्दो दरमा रहेको छ ।
त्यसैले अब नेपालले पनि विश्वका केही देशहरुले जस्तै (चीन, साउदी अरब, क्युबा, उत्तर कोरिया आदि देशहरु) आफ्नो देशका नागरिकहरुले फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाट्स एप, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा वा सुरुमै एकाउन्ट खोल्दा नै उनीहरु जो कोही होस्, जताभावीरुपमा खोल्न नदिने नीति लिनुपर्ने देखिन्छ, सरकारले । जस्तै फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाट्स एप, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जाल खोल्दा कुनै पनि मान्छेको नागरिकतमा प्रमाणपत्र नम्बरको आधारमा वा राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा, नाबालक भए उनीहरुका हकमा जन्मदर्ता नम्बरको आधारमा र, विदेशमा रहेकाहरुका हकमा पासपोर्ट नम्बर प्रविष्टिको आधारमा मात्रै सरकारले फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाट्स एप, इन्स्ट्राग्राम, ट्वीटर, ब्लग, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जाल खोल्न दिने नीति लिनुपर्ने देखिन्छ । साथै सामाजिक सञ्जाल खोल्नेहरुले आप्mनो देश जुन हो, त्यही देश लेख्नैपर्ने र, सम्बन्धित व्यक्तिको फिङ्गर प्रिन्ट र सक्कली फोटो टाँस गरेपछि फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाट्स एप, इन्स्ट्राग्राम, ट्वीटर, म्यासेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जाल खुल्ने एवम् एक व्यक्तिले एकभन्दा बढीपटक फेसबुक, भाइबर, स्न्याप च्याट, ह्वाटस् एप, इन्स्ट्राग्राम, टवीटर, मेसेन्जर, इमोलगायत अन्य सामाजिक सञ्जाल खोल्नै नपाउने व्यवस्था गर्नुपर्छ । यसो गर्न सकेमा सामाजिक सञ्जालको प्रयोग गरेर (नेपालमा फेसबुकमार्पmत धेरै अपराध र ठगी हुने गरेको तथ्याङ्क छ ।) हुने अपराधजन्य काम, ‘हनी ट्याप’ सुन्दर युवती प्रयोग गरेर गर्ने ठगी, ठगी, यौनहिंसा, महिला हिंसा, पैसा चोरी (एटीएम कार्डमार्फत्) लगायत अपराध कर्महरु धेरै हदसम्म रोक्न सकिन्छ ।
सरकारले वा सम्बन्धित निकायले सामाजिक सञ्जालबारे माथि उल्लेखित व्यवस्था गर्न सके सामाजिक सञ्जालमार्पmत् हाल भइरहेको अपराध, ठगी र गालीगलौज गर्ने क्रम लगभग ९५–९६ देखि ९७–(९८ प्रतिशतसम्म घट्न सक्छ । अहिले त सामाजिक सञ्जालबारे निश्चित नियम, कानुन नभएर हो वा जे पायो त्यही नाममा सामाजिक सञ्जाल खोल्ने, फोटो पनि नक्कली राखेर वा फूल, रुख, माछा, हिमाल, खरायो, चरा, मुसा, बिरालो, बाघ, गैंडा, हात्ती, स्याल, फ्याउरो खोलानाला, पहरा, छहरा, आँप, सुन्तला आदि जे पायो, त्यही राख्ने गरेका छन् । यसले गर्दा अपराध कर्म गर्ने, हनी ट्यापिङ गर्ने, आपूmलाई मन नपरेको मान्छेले पोष्ट गरेको लेख, रचना वा अन्य कुनै पनि सामग्री पढ्दै नपढीकन जताभावी कमेन्ट गर्ने, गालीगलौज गर्ने, आमाचकारी भन्ने, जे पायो त्यही चित्र राख्ने, सराप्ने गरेको देखिन्छ ।
हुुन पनि धेरैजसो नेपालीहरुमा जर्नल, पत्रपत्रिका, अनलाइन, ज्ञानगुन र जीवनमा केही न केही सिक्न सकिने सञ्चारका अन्य माध्यममा भने खासै आँखा नजाने बानी रहेको छ । तर तिनै हरिलठक कमरेडहरु फेसबुकमा भने यसो आँखा लगाउँछन् । त्यसैले विगतमा जे भए तापन अबका दिनमा सरकारले जथाभावी ढङ्गले नक्कली फेसबुक आइडीलगायत अन्य सामाजिक सन्जाल खोल्न दिनु हुन्नँ । साथै सरकारले वा सम्बन्धित निकायले एक व्यक्तिले उसको जिन्दगीभर ‘एउटा मात्रै फेसबुक आइडी वा अन्य सामाजक सञ्जाल खोल्न पाउने वा खुल्ने, दर्ता हुने व्यवस्था गर्नुपर्ने देखिन्छ । अन्यथा एकै व्यक्तिले अनेकौं नाममा ‘हजारौं नक्कली फेसबुक आइडी’ खोलेर आपूmलाई मन नपेरका व्यक्ति, संघसंसथा, राजनीतिक दल आदिलाई जथाभावी गालीगलौज गर्ने, आमाचकारी भन्ने क्रम लामो समयसम्म चलिरहने देखिन्छ ।
ninamkirat123@gmail.com

प्रकाशित मिति: साउन ३१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend