Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माओवादी केन्द्रको जिल्ला कमिटी ‘डिलिट’

हाम्रो कोशी आवाज
साउन ३१ २०७८, आइतबार
माओवादी केन्द्रको जिल्ला कमिटी ‘डिलिट’

धरानः सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ। शनिबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक प्रस्ताव पास गर्दै सकिएको हो ।
नेकपा माओवादी केन्द्रले संघीय संरचना अनुसार पार्टीको संरचना परिवर्तन गरेको छ । माओवादी केन्द्रले स्थानीय तह, प्रदेश र केन्द्रका रूपमा पार्टीका संरचना निर्माण गर्न लागेको हो । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै जिल्ला कमिटी विघटन गर्ने निर्णय गरेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा जाने ।’
बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा गठित समूहगत सुझावलाई पनि स्वीकारेर विभिन्न प्रस्ताव पास गरिएको बताएका छन् ।
बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदम असफल भएको निचोड निकालेको छ ।
माओवादीले तात्कालीन राजनीतिक कार्यभारलाई समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न प्रयोग गर्ने पनि निर्णय लिएको छ । ‘क्रान्तिकारी पार्टी निर्माणको दिशा योजना र संकल्प यो बैठकको मुख्य लक्ष्य हो’, उनले भने, ‘पुस ११ १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्न चार महिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय भएको छ ।’
माओवादीले आफूलाई सर्वहाराको अग्रदस्ताका रुपमा परिभाषित गरिएको उनले बताए ।
यस्तै वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिगमनको खतरा र समयको माग भएसम्म जारी राख्ने र गठबन्धन सरकारलाई संसदको पूर्ण कार्यकालसम्म सफल ढङ्गले सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मिति: साउन ३१ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend