धरानः सुनको मूल्य यो साताकै उच्च विन्दुमा पुगेको छ।
आज अर्थात् मंगलबार प्रतितोला छापावाल सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
भदौ १ गतेदेखि हालसम्मको यो उच्च मूल्य रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।
भदौ ८ गते मंगलबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएको हो । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको थियो ।
मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २०० रुपैयाँमा खरिद बिक्री हुँदैछ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा किनबेच भएको थियो ।