Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेसँग संवादविहीनताको अवस्था कायमै

हाम्रो कोशी आवाज
असोज ४ २०७८, सोमबार
एमालेसँग संवादविहीनताको अवस्था कायमै

धरान: सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् ।
सत्तारुढ दलले दिएको सुझाव बिपरित प्रतिपक्षी एमालेसँग सम्वाद र छलफल नै अघि नबढाई आज ११ बजे प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरिएको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।
‘सत्तारुढदलको सर्वदलीय बैठकमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर संसद चलाउनु भन्ने सुझाव दिएको सुनेको थिएँ तर त्यसपछि उहाँले छलफल नै गर्नु भएको छैन्,’ नेम्वाङले , ‘हिजो अस्ति १ बजे बोलाउने बैठक उहाँले आज त कुनै परामर्श नगरी ११ बजे नै बोलाउनुभयो ।’
उनकाअनुसार सभामुख सापकोटा एकलौटी रुपमा अघि बढेकाले प्रतिनिधिसभाभित्र असहज अवस्था सृजना भइरहेको छ । पार्टीका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीले गरेको कारबाहीको सुचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति एमाले आक्रोसित हँदै आएको छ।
सभामुख सापकोटाले माधव नेपाललगायत १४ सांसदको पदमुक्तको सुचना टाँस गर्नुपर्ने, नभएमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सर्त राख्दै संसद अवरोध गरिरहेको छ ।
सभामुख र प्रतिपक्षबीचमा टसल चलिरहेको बेलामा विनियोजन विधेयकलाई नारावाजीको बीचमा नै अघि बढाइएको थियो । जसको सशक्त विरोध आज पनि जारी रहने नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति: असोज ४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend