Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा चार किराती मात्रै हो ?

हाम्रो कोशी आवाज
असोज ७ २०७८, बिहिबार
नेपालमा चार किराती मात्रै हो ?

हालै आएको समाचारअनुसार चार किरातीहरूले श्रीजङ्गा लिपिलाई साझा लिपि बनाउने हुनुभएछ, जुन कुरो धेरै राम्रो हो । सोबारे अलग्गै लेख लेखौंला । अहिलेलाई मेरो मूल र गम्भीर प्रश्न यो छ कि राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरू, के नेपालमा साँच्चै चार किरातीहरू मात्रै छन् त ? खासगरी यसरी किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरू कहिलेसम्म राई यायोक्खाले भनेको कुरामा नै चोचोमा मोचो मिलाएर हिँड्नुहुन्छ ? साँच्चै तपाईंहरूको ब्रह्मले केही देख्दैन ? नत्रभने अहिलेसम्म केकति कारणले तपाईंहरू राई यायोक्खाको पुच्छर भएर हिँड्नुभएको हो ? अथवा लगाम लगाएको घोडासरह दायाँबायाँ नहेरी यायोक्खाले डो-याएको बाटोमा मात्रै हिँड्नुहुन्छ ?
स्मरण रहोस्, तपाईंहरूले खालि ‘चार किराती, चार किराती’ मात्रै भनिरहे तापनि केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार पहिले राईमा गाभिएका १२ वटा जातिको अलग्गै जातीय तथा भाषिक तथ्यांक आइसकेको छ । जस्तै— कुलुङ २८ हजार ६ सय १३, नाछिरिङ ७ हजार १ सय ५४, याम्फु ६ हजार ९ सय ३३, चाम्लिङ ६ हजार ६ सय ६८, आठपहरिया ५ हजार ९ सय ७७, बान्तावा ४ हजार ६ सय ४, थुलुङ ३ हजार ५ सय ३५, मेवाहाङ ३ हजार १ सय, बाहिङ ३ हजार ९६, साम्पाङ १ हजार ६ सय ८१, खालिङ १ हजार ५ सय ७१ र लोहोरुङ १ हजार १ सय ५३ जना आएको छ । त्यसअघि जानेर वा नजानेर अथवा राई लेख्दा आफु पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ राईसरह ठूलो मान्छे होइन्छ भनेर नामको पछाडि राई लेख्दै आएका १२ वटा किराती जातिहरू अलग्गै जातिको रूपमा आएका छन् ।
त्यस्तै माथिका १२ वटै किराती जातिहरूको भाषिक तथ्यांक पनि अलग्गै आएको छ । भाषिकअनुसार बान्तावा १ लाख ३२ हजार ५ सय ८३, चाम्लिङ ७६ हजार ८ सय, कुलुङ ३३ हजार १ सय ७०, थुलुङ २० हजार ६ सय ५९, साम्पाङ १८ हजार २ सय ७०, खालिङ १४ हजार ४ सय ६७, बाहिङ ११ हजार ६ सय ५८, नाछिरिङ १० हजार १ सय ७६, याम्फु ९ हजार २ सय ८०, आठपहरिया ७ हजार ५ सय ३०, मेवाहाङ ४ हजार ६ सय ५० र लोहोरुङ ३ हजार ७ सय १६ रहेको छ ।
तर, त्यस्तो गम्भीर र महत्वपूर्ण कुरा पनि किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यू अथवा सो संस्थाको टप फाइभ पदमा रहनुभएका पदाधिकारीहरूलाई थाहा नहुनु आश्चार्यको विषय हो । अथवा स्वविवेक प्रयोग नगरेर जानाजान राई यायोक्खाले भनेको कुरोमा नै चोचोमा मोचो मिलाएर हिँड्नुअघि अलिकति विचार गर्नुपर्ने हो ।
अचम्म के भने किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरू अझैं पनि राई यायोक्खाले भनेको कुरामा नै चोचोमा मोचो मिलाएर हिँड्नुको खास कारण के छ ? किनभने हामी (कुलुङ) ले जातीय स्वपहिचानको मुद्दा उठाउन थालेको वि.सं. २०५७-०५८ देखि हो । २०-२१ वर्षसम्म पनि यस्तो गम्भीर विषयमा किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरूले थाहा नपाउनु भनेको साह्रै दुःखद हो ।
भाषा र लिपि प्रयोगजस्तो गम्भीर विषयमा कुलुङ लगायत १२ वटाका साथैै थामी, हायु, सुरेल, जिरेल आदिलाई पनि समेटौं, नभए त हामीले माग्ने आत्मनिर्णय अधिकार र अरूले माग्ने आत्मनिर्णयको अधकारमा के फरक, के अर्थ ? भन्नु सक्नुप-यो । हामीले अरूलाई दलनमलनमा पा¥यौं, बहिस्करण ग-यौं भने बाहुन, क्षेत्री वा राज्य पक्ष र हामीमा के फरक ? भनेर मुखबाट मौलौ निकालेर बोल्नुहोस्, नत्रभने तपाईं चार किरातीवालाहरूलाई हाम्रा भावी पुस्ताले सराप्ने र इतिहासले कलंकित बनाउनेछ ।
त्यही भएर हामी (कुलुङ) ले आउँदै गरेको १२ औं जनगणनामा जात वा जाति, मातृभाषा, पुर्खाको भाषा आदिमा राई वा कुलुङ राई नलेखेर ‘कुलुङ’ मात्रै लेखाउने निर्णय गरेका छौं । याद रहोस्, केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई दिएको अलग्गै जातिगत ‘कोड–६२’ रहेको छ भने अलग्गै ‘भाषागत कोड–३३’ रहेको छ है !

वान्तवाबारे

नेपालका शासक वर्ग र समूहका मान्छेहरु अभैm पनि नेपालका जातजाति, भाषाभाषी, धार्मिक समुदाय/समूह र समग्र देशको विविधतालाई अन्तर–ह्रदयदेखि नै स्वीकार्न तयार देखिदैनन्, विगतमा केही प्रदेशको नाम राख्ने क्रममै देखिएको हो । फलतः नेपालका सात प्रदेशमध्ये अभैm केही प्रदेशको नाम जुर्न बाँकी छ ।
जे होस्, हालै नेपालका सातै प्रदेशको प्रदेशस्तरीय सरकारी (कामकाजी) भाषा सिफारिस भएका छन् । यसै क्रममा, हालसम्म नाम नजुरेको प्रदेश एकमा भने प्रदेशस्तरीय भाषा सिफारिस गर्ने क्रममा एक लाख ५९ हजार ११४ ‘राई !’ भाषा र एक लाख ३२ हजार ५८३ बान्तावा भाषा वक्ता (केन्द्रीय तथ्यांक विभागको विसं २०६८ को जनगणनाअनुसार) संख्या हुँदाहुँदै पनि ती दुई भाषा प्रदेशको सरकारी (कामकाजी) भाषाको रुपमा सिफारिस हुन सकेन । स्मरणीय छ, प्रदेश एकमा मैथिली र लिम्बु भाषा मात्रै प्रदेशको सरकारी भाषाका रुपमा सिफारिस भएको छ । स्मरण रहोस्, ती दुई (‘राई !’ भाषा र बान्तावा भाषा) भाषाका वक्ताहरु कोको हुन्, कहाँकहाँ छन् ? प्रस्ट रुपमा तस्बीर नआएसम्म सरकारी भाषाका रुपमा सिफारिस हुनु पनि हुँदैन, मान्यता दिनु पन हुँदैन ।
त्यसो त ती दुई (‘राई !’ बान्तावा) भाषाबारे कुलुङ समुदायका अगुवालगायत अन्य किराती जातिका अगुवाहरुले जे सोचेको थियौं÷थियो, त्यही भयो, –प्रदेश एकमा । किनभने, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा एक नम्बर प्रदेशमा एक लाख ५९ हजार ११४ जना ‘राई !’ भाषा र एक लाख ३२ हजार ५८३ जना (तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभागद्धारा प्रकाशित सेन्ट्रल ब्युरो अफ स्टाटिस्टिक नामक किताब, सन् २०१२ नोभेम्बर) बान्तावा भाषा हुदाँ पनि सिफारिस नहुनुमा जनगणना २०६८ मा बान्तावा जातिको जनसंख्या ४ हजार ६०४ जना मात्रै आएकोले हुन सक्छ । त्यस्तै राई भाषाको सम्बन्धमा प्रस्ट कुरो भन्नु पर्दा ‘राई !’ नेपालको कुनै जात वा जाति नभएको हुनाले (त्यही कारणले गर्दा नै विसं २०५८ को जनगणनामा ३ लाख ७१ हजार चानचुन रहेको राई भाषा विसं २०६८ मा घटेर १ लाख ५९ हजार चानचुनमा झरेको हो) ‘राई !’ भाषा पनि स्वतः हुने कुरै भएन । तर, अभैm पनि यो (‘राई !’) भाषा बोल्ने वक्ता, जात वा जाति को हो, को हुन् ? अत्तोपत्तो छैन । संभवतः त्यही कारणले ‘राई !’ भाषाले पनि प्रदेश एकको कामकाजी भाषाको रुपमा मान्यता पाएन ।
यसरी असलीयतमा भन्नु पर्दा ‘राई !’ जात वा जाति नभए तापनि ‘राई जातै हो !’ भन्दै सोलोडोलमा राईको भीड देखाएर राजनीति गर्ने र व्यक्तिगत फाइदा लिने राई जातवाला केही बिचौलियाहरु कामरेडहरुले गर्दा बान्तावा जातिका तल्लो तहका जनताहरु पनि मारमा परे, उनीहरुको भाषाले पनि वञ्चितीकरण्मा पर्यो । यसरी प्रदेश १ मा सहजै कामकाजी भाषाको मान्यता पाउने स्थिति हुँदाहुँदै पनि बान्तावा भाषा वञ्चितीकरणमा पर्यो । अभैm पनि यो घटनाबाट पाठ सिकेर, चेतेर यही कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्तासम्म हुने १२ औं राष्ट्रिय जनगणनालाई सदुपयोग गर्दै बान्तावाहरुले ‘जातिको महलमा ‘राई’ वा ‘बान्तावा राई’ नेलेखेर ‘बान्तावा’ मात्रै लेखेर आप्mनो असली जनसंख्या बढाएर÷देखाएर बान्तावा भाषालाई प्रदेश १ को कामकाजी भाषाको रुपमा राख्न सक्ने संभावना टरीसकेको छैन । तर, फेरि पनि राईको जनसंख्या धेरै देखाएर, राई फुट्नु हुँदैन ! भनेर व्यक्तिगत रुपमा राजनीतिक र अन्य फाइदा लिने केही बिचौलिा राई कामरेडहरुको चिप्लो कुरोलाई विश्वास विगतमा जस्तै चिप्लिनु भयो भने बान्तावा मात्रै होइन, हाल राई भनेर चिनिने तर, आआप्mनै जातीय स्वपहिचान भएका किराती जातिहरुमा बान्तावापछि चाम्लिङहरु बाठा भन्ने भनाइ रहेको जो छ, यस्तो खालको बाठोपनले त ‘बाँदरे पाराको बठ्याईँ !’ मात्रै ठहरिने छ ।
हुन पनि जसले जत्ति नै ‘अकबरी सुन !’ ले कसी लगाउन खोजे तापनि सुरुमा ‘राई !’ शब्दले जात वा जाति जनाउँथेन, ‘पद–पदवी’ वा ‘पगरी’ मात्रै जनाउँथ्यो÷हो । साथै राई शब्दको व्युत्पत्ति ‘राया’÷‘राय’ हो । इतिहासकारहरुका अनुसार नेपालमा ‘राया’÷‘राय’ शब्दको प्रयोग सुरुमा कर्णाली प्रदेशबाट भएको मानिन्छ । जुन ‘राया’÷‘राय’ शब्दले ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । पछि पूर्वमा पनि सेनहरुले स्थानीय प्रभाशाली किरातीहरुलाई सोही ‘राया’÷‘राय’ ‘पद–पदवी’ वा ‘पगरी’ प्रधानमन्त्री वा मन्त्रीको रुपमा दिएका थिए । ‘राया’÷‘राय’ को अपभ्रंश नै ‘राई !’ हो । ‘राई !’ को अर्को रुपमा अर्थ ‘जिम्मावाल’ वा ‘तालुकदार÷तालुकदारी’ पनि हो । अभैm पनि गाउँघरमा पहिले त्यसरी ‘राई !’ अर्थात् ‘जिम्मावाल’ वा ‘तालुकदार÷तालुकदारी’ पाएका सन्तानहरुलाई “फलानो ‘जिम्मावाल’ वा ‘तालुकदार÷तालुकदारी’का छोरा, छोरी, नाति, नातिनी” भनी बोलाउने चलन हटीसकेको छैन ।
तर, ‘जो होचो, उसैको मुखमा खोचो !’ भनेभैmँ सुरुमा यो पंक्तिकार लगायत कुलुङका अन्य अगुवाहरुले सार्वजनिक रुपमा (विसं २०५७÷०५८ देखि) ‘राई !’ जात वा जाति होइन भनी लेखेर बोलेर, जनवकालत गरेर, राजनीतिक दल र तिनका नेताहरुसँग भेटघाट गरेर लबिङ गर्दा र, कुलुङ जातिलाई पनि नेपालका अन्य जातिसरह (खासगरी आदिवास जनजाति सूचीमा सूचीकृत गर्ने सवाल) मान्यता दिनुपर्यो भनी माग राख्ने, नेपालका मानवअधिकारवादीहरु र मानवअधिकार क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रमुखहरुसँग भेटेर कुलुङ जातिलाई जबरजस्ती राईकरणमा पारिएको हुनाले हामीलाई अलग्गै जातका रुपमा मान्यता दिनुपर्यो भनी वकालत गर्दा उल्टै ‘तिमी कुलुङे ढाक्रेहरु, कोदोको ढिडो खान नपाउने … !’ भनी गाली गर्ने काम भयो, अनेकखाले धाक–धम्कीहरुको सामना गुर्नपर्यो, अर्को पक्षबाट । । तापनि हामी (कुलुङ) हरुले ‘हामी को हौं÷म को हुँ ?’ आपैmले भन्ने वा घोषणा गर्ने हाम्रो सामूहिक र व्यक्तिगत मानवअधिकार, मौलिक हक आदिका लागि लडीरहेकै छौं, लडी नै रहने छौं ।
त्यसैले अब हामी कुलुङ मात्रै नभएर आठपहरिया, बान्तावा, चाम्लिङ, बाहिङ, थुलुङ, लोहोरुङ, साम्पाङ, खालिङ, मेहावाङ, याम्फु लगायत राईकरणका मारमा परेका सबैसबै एक भएर लडौं, आखिर राईकरणका मारमा परेका कुनै न कुनै किरातीका सन्तानहरुले संख्या र भीड देखाएर खाने, व्यक्तिगत फाइदा लिने बिचौलियाहरु कामरेडहरुका विरुद्ध एक न एक दिन विद्रोह गर्नै पथ्र्यो । त्यो कामको सुरुवात विगत २१÷२२ वर्षदेखि नै कुलुङहरुले सुरु गरेका हुन् । त्यसैले आजको सूचना, प्रविधि, सञ्चार र विज्ञान जगतले उखरमाउलो गरेको यो जमानामा पनि भीड र संख्याको पछि कुद्ने कि, आप्mनो असली जातीय स्वपहिचानले चिनिने ? तपाईँ–हामी आपैmले विचार गरौं ।
हुन पनि नेपालका अन्य जातिसरह अलग्गै मातृभाषा, अलग्गै भेषभुषा, संस्कार, संस्कृति, रहनसहन, परम्परागत काननु, हामी भन्ने भावना, इतिहास, ऐतिहासिक भूमि, वंश, परम्परा, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर र उपथरहरु रहेको छ । (स्मरणीय छ, कुलुङ जातिले थर वा उपथरलाई ‘पाछा’ र गोत्रलाई ‘दप्प नीङ’÷‘दप्स्नीङ’ भन्छन्) त्यही भएर कुलुङ–कुलुङबीचमै आपैmभित्र विवाह गर्ने प्रचलन पनि छ । राई जात नै हो र कुलुङ, बान्तावा, चाम्लिङ, बाहिङ आदिचाहिँ थर हो भन्नेहरुले भने जस्तै यदि राई जात वा जाति हो र कुलुङचाहिँ थर मात्रै हो भने ‘कुलुङ–कुलुङबीच’मै विवाह गर्दा हाडनाता करणीको मुद्धा लाग्नुपर्ने होइन ? यो उदाहरणले पनि राई जाति होइन भन्ने बलियो प्रमाण दिन्छ, आधार रहेको देखाउँछ ।
तापनि हालसम्म कुलुङ जातिलाई जस्तै बान्तावा, चाम्लिङ लगायत राईकरणमा परेका अन्य किराती जातिहरुलाई पनि नेपालका धेरै जसो जातजाति वा भनौं अन्य समुदाय, समूह, वर्ग, क्षेत्रका मानिसहरुले ‘राई !’ भनी जान्ने÷बुभ्mने÷चिन्ने गरेको पाईन्छ । यो वास्तविकतालाई हामीले नकार्न सकिँदैन । किनभने, नेपालका कथित् विद्धान, कार, विज्ञ, विद, प्रा., डा., प्राडा, भनिनेहरु नै त्यसमा पनि खासगरी भाषाविद, जातिविद, भाषाशास्त्री, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद आदि हौं भन्ने र भनिनेहरुले नै नेपालमा साँच्चै एक जाति राई छ र, उनीहरु (राई !) को २८ वटा मातृभाषा पनि हुन्छ ! भनेर ठोकेरै भन्न सकेका छैनन्, खासगरी भाषाविद वा भाषाशास्त्री भन्ने÷भनिने र नामको अगाडि प्रा., डा., प्राडा लेख्नेहरुले नै राई भाषा वा बान्तावा भाषा के–कति कारणले प्रदेश एकमा सिफारिस हुन सकेन ? भन्नेबारेमा गहिराईमा गएर अहिलेसम्म पनि लेख्न सकेका छैनन् ।
मेरो प्रस्ट बुझाईमा एक नम्बर प्रदेशमा एक लाख ५९ हजार ११४ वक्ता संख्या भएर पनि, कथित् ‘राई !’ भाषा र एक लाख ३२ हजार ५८३ बान्तावा भाषाका वक्ता भएर पनि सिफारिस हुन नक्नुमा माथि मैले उल्लेख गरेका प्रकणहरु नै हुन् ।
तर अभैm पनि हामी कुलुङहरुलाई राई फुटाउने “तिमी कुलुङे ढाक्रेहरु !” भनी गाली गर्दै बस्नु भन्दा निकट भविश्य (यही कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्तासम्म हुने १२ औं जनगणना) मा कुलुङले जस्तै बान्तावा (राईकरणको मारमा परेका) किराती जातिहरुमध्ये १२ वटा जातिले केन्द्रीय तथ्यांक विभागबाट अलग–अलग जातिगत र भाषागत कोड पाएको हुनाले जातिको महलमा विगतमा जस्तो ‘राई ’ वा ‘बान्तावा राई’ नलेखेर ‘बान्तावा’ मात्रै लेख्नोस्, तपाईँहरुको जातिको जनसंख्या पनि बढाउनु होस् । त्यसपछि बान्तावा भाषाले पनि प्रदेश एकको सरकारी वा भनौं कामकाजी भाषाको रुपमा मान्यता अवश्य पाउने छ, यसमा कसैको दुईमत रहने छैन । तर, फेरि पनि राई फुट्छ !?, राईको संख्या घट्छ !? भनेर कतिथ् राई जात वा जातिको भीड र जनसंख्या देखाएर लगभग ३०÷३१ वर्षदेखि राजनीति गर्ने र व्यक्तिगत फाईदा लिने राईका बिचौलियाहरुकै ‘चोचोमा मोचो !’ मिलाएर राई नै लेख्नु भयो भने अब त बान्तावा कामरेडहरुको भाषाले होइन कि, कुलुङको भाषाले पो प्रदेश एकको सरकारी वा भनौं कामकाजी भाषाको रुपमा मान्यता पाउने संभावना बढेर जान्छ ।
त्यसैले बान्तावा कामरेडहरु, ‘चेनता भया !’

प्रकाशित मिति: असोज ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend