Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिजोआज छिनमै वर्षा छिनमै घाम लाग्ने किन भइरहेको छ ?

हाम्रो कोशी आवाज
असोज १२ २०७८, मंगलबार
हिजोआज छिनमै वर्षा छिनमै घाम लाग्ने किन भइरहेको छ ?

धरानः पछिल्ला दिनमा छिनमै घाम लाग्ने अनि छिनमै वर्षा हुने गरेको छ । विशेषगरी अपराह्न र साँझपख मेघगर्जन, चट्याङसहित वर्षा हुने गरेको छ । यो प्रिमनसुनको चरित्र हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो मनसुनको उत्तरार्धको समय हो, मनसुन पनि बाहिरिनसकेको तर मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले काठमाडौं उपत्यकासहित देशका कयौँ ठाउँमा प्रि-मनसुन चरित्रको वर्षा भइरहेको हो ।

यस्तो बेला मनसुनको प्रभाव खासै नहुने, न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको पनि प्रभाव रहने भएकाले केही छिन वर्षा हुने र फेरि घाम लाग्ने गरेको उनले बताए ।

सोमबार साँझ र राति काठमाडौंमा वर्षा भएको थियो । मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ । ८ असोजमा बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रमा बनेको ‘गुलाब’ नामक चक्रवात‍ (सामुन्द्रिक आँधी) को अप्रत्यक्ष असर नेपालमा परेको थियो । अहिले यो आँधीको प्रभाव हटिसकेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: असोज १२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend