त्यसो त नेपालमा अझै पनि (२१ औं शताब्दी भनिएको यो जमानामा पनि) कतिपय जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदिको वास्तविक पहिचान खुल्न सकेको छैन । फलतः उनीहरुमध्ये धेरैको प्रष्ट जातीय स्वपहिचान नखुलेर अलमलमा परेको अवस्था छ ।
त्यसरी प्रष्टसँग आफ्नो जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदिको वास्तविक पहिचान नखुलेका जात, जाति, समूह, वर्ग, धर्म र जाति, समुदायलाई ठूलो (धेरै जनसंख्या) संख्या रहेका भनिने जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदि वा प्रभावशाली भनिने जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदिका अगुवा वा भनौं नेतृत्व तहमा रहेकाहरुलेचाहिँ त्यस्ता स–सानो संख्यामा रहेका जात, समूह, वर्ग, धर्म र जाति, समुदायलाई फलानो जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदि अलग्गै जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदि होइनन्, उनीहरु हाम्रै हुन् । तर, ‘पछिल्लो पटक आफ्नो जात, समूह, वर्ग, धर्म, जाति वा समुदाय आदिलाई देखाएर विदेशीको डलर खाने लहर चलेकोले (हाल लगभग बन्द नै भएको छ, विदेशीको डलर खाने काम वा बाटो) गर्दा र महिला आयोग, दलित आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, समावेशी आयोग, समिति, आदि (तत्कालीन श्री ५ को सरकार, स्थानीय विकासमन्त्रालय लगायत अन्य मन्त्रालय अन्तर्गत रहेकोे) ले दिने ५०–६० हजार रुपैयाँ खानलाई मात्रै अलग्गै जाति हौं भनेका हुन्, नत्र भने उनीहरुको नागरिकतामा के छ, हेरौं भन्नोस् न’ नागरिकता र तीनपुस्तेमा समेत ‘राई’ भन्नेहरु अझसम्म पनि देखिन्छन्, भेटिन्छन् ? जबकि कुनै पनि जाति वा समुदायको जाति वा समुदाय हुने आधार उसको नागरिकता र तीनपुस्ते नभएर उसको मातृभाषा, इतिहास, ऐतिहासिक भूमि अर्थात् पिता(पूर्खाहरुले चर्चि, खाई खेलिआएको भूगोल, वंश, वंश परम्परा, परम्परागत कानुन, हामी भन्ने भावना, धर्म, संस्कार, संस्कृति, रहनसहन, आफूआफूमै उच नीचको व्यवहार नभएको समाज, अरुको भन्दा फरक चालचलन, रीतिथिति भएको समाज आदि हो । नागरिकता र पासपोर्टले त सम्बन्धित व्यक्ति कुन देशको हो ? भनी चिनाउने आधार मात्रै हो ।

तर, हाम्रो देश नेपालमा अचम्मलाग्दो कुरो के भइरहेको छ भने, उनीहरु (ठूलो वा प्रभावशाली भनिने जात, समूह, वर्ग, धर्म र जाति, समुदाय आदिका अगुवा वा भनौं नेतृत्व तहमा रहेका) नै फेरि पनि ठूलठूलो स्वरमा मानवअधिकार, आत्मनिर्णयको अधिकार, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समावेशीकरण, संघीयता, आरक्षण, सकारात्मक विभेद आदिको वकालत गर्ने, सार्वजनिक रुपमा नारा लगाउने, लेख्ने, बोल्ने गरेको देखिन्छ । त्यस्ता ‘लठुवा महानुभावहरुलाई के मात्रै भन्ने ?
जातजाति, भाषाभाषी, धार्मिक समूह, अल्पसंख्यक, पिछडिएको क्षेत्र, लैंगिक पहिचान आदिको समस्या बारेमा उल्लेख गर्नु पर्दा जात, समूह, वर्ग, धार्मिक, लैंगिक, पिछडिएको क्षेत्र आदिमा भन्दा पनि जाति र समुदाय (पछिल्लो पटक आदिवासी जनजाति भनेर नेपाल सरकारले मान्यता दिएर सूचीकृत गरिएका जातिहरुमा) मा बढी देखिएको छ । जस्तो पछिल्लो पटक आदिवासी जनजाति भनेर नेपाल सरकारले मान्यता दिएर सूचीकृत गरिएको ठूलो ८ जाति (ग्रेट एट) हौं भन्नेहरुमध्ये थारु, मगर, तामाङ, नेवार, राई, गुरुङ, शेर्पा आदिमा बढी देखिएको छ । जस्तो राई भनिनेहरुमा त विसं २०५७–०५८ देखि नै त्यो वाला र, हालसम्म पनि राई जातिभित्रको भाषिक समूह मात्रै भनी संस्था दर्ता ऐन २०३४ अन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता भएको र, बान्तावा जातिको भाषामा आप्mनो संस्थाको नाम ‘किरात यायोक्खा’ राखेको (राईको आफ्नै मातृभाषा वा भनौं राईको आफ्नो अलग्गै भाषा नभएकोले गर्दा) र, समाजकल्याण परिषद दर्ता नम्बर २६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यालय रजिस्टर्ड नम्बर (३२८–०४९–०५०) रहेको संस्थाका हर्ताकर्ताहरुले कुलुङ लगायत राईकरणको मारमा परेका किरातीहरुलाई, गुरुङले घलेलाई, तामाङले ह्योल्मो, कर्मारोङ आदिलाई थारुले राना थारुलाई, सुनुवारले सुरेललाई, नेवारले पहरी, बलामी, गोपाली आदिलाई (०५८ अघि राई र लिम्बूले याक्खालाई) शेर्पाले वालुङ, तोप्केगोला, थुदामलगायतलाई उनीहरु अलग्गै जाति होइनन् भनी दावी गर्थे, गर्छन् ।
यो छोटो लेखमा अरु जाति वा समुदायबारे म केही भन्दिनँ, लेख्दिनँ । तर, म आफू स्वयम् पनि ऊ बेला मेरा बाजे र बुबाले जानेर नजानेर वा आफ्नो नामको पछाडि ‘राई’ लेख्दा, भन्दा ठूलो मान्छे होइन्छ भनेर राई लेख्दै, भन्दै आए, जसरी माझ किरात र वल्लो किरातका किरातीका धेरै जसो सन्तानहरुले वा भनौं जाति समुदायका मान्छेले आफ्नो नामको पछाडि राई लेखे, लेखाउँदै आए । फलतः ठूलो मान्छे हुनलाई (असली वा तालुकदार, जिम्मावाल राई जस्तै) लेख्ने रहर गरेकाहरु विसतारै राईकरणको मारमा परे । त्यसरी जान नजानी राईकरणको मारमा परेर आफ्नो जातीय स्वपचिान र जातय अस्तित्व नै गुमाउन आँटेको किरातीहरु मध्ये कुलुङ जाति वा समुदायको एक सदस्य, मान्छे भएको नाताले राई बारेमा वास्तविकता के हो त ? भनी आफूले जाने, बुझेको केही पक्षबारे प्रष्ट्याउने पक्षमा छु ।
हालसम्म कुलुङ जातिलाई नेपालका अन्य जात, समूह, वर्ग, जाति र समुदायले ‘राई’ भनी जान्ने, बुझ्ने गरेको पाइन्छ । तर, असलीयतमा ‘राई’ नेपालको जात वा जाति नभएर पद, पदवी वा पगरी मात्रै हो । साथै ‘राई’ शब्दको व्युत्पत्ति ‘राया’, ‘राय’ हो भने धेरैजसो विद्धान तथा लेखकहरुको भनाइअनुसार नेपालमा सुरुमा यो ‘राया’, ‘राय’ शब्दको प्रयोग कर्णाली प्रदेशमा ‘राजा’ जनाउने अर्थमा प्रयोग भएको हो । पछि सेनकालमा नेपालको पूर्वी भेगमा पनि स्थानीय किराती (जो त्यति बेलासम्म थामी, लिम्बू, खम्बु, सुनुवार, याक्खा, कुलुङ, बाहिङ, बान्तावा, मेवाहाङ, धिमाल, हायु, सुरेल, जिरेल आदि भनी बाहिरिया अथवा अरु जातजातिबीच व्यापकरुपमा चिनिएका थिएनन् ।) हरुमध्येका प्रभावशाली व्यक्तिहरुलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको पदको रुपमा दिएको देखिन्छ । जस्तो कि विजयपुरका बुद्धिकर्ण ‘राय’, चतमे ‘राय’ आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । स्मरणीय छ, बुद्धिकर्ण ‘राय’ त हाल आएर तेह्रथुम जिल्लाको ‘छथर भेग’ को खेवा थरका लिम्बूका पुर्खा भएको प्रमाणित भएको छ ।
यसरी हेर्दा कुलुङ समुदायले विस्तारै राई भन्नाले जात, जाति वा समुदाय होइन रहेछ भन्ने जानेपछि, बुझेपछि हाम्रो (कुलुङको) टाउकामा झुन्डिएको ‘राईको फुर्को’ हटाउनेतर्फ पहल गर्न सुरु गरेका, थालेका हौं । त्यसका लागि विसं २०५७–०५८ देखि नै कुलुङ समुदायका अगुवाहरुले जनवकालत र आन्दोलन गर्ने, स्थानीय विकासमन्त्री नियुक्त हुने बित्तिकै उनी कहाँ गएर आफ्नो मागबारे सम्झाउने, बुझाउने, प्रतिष्ठान, महासंघ (आदिवासी जनजाति महासंघ), सरकार राजनैतिक दलहरु कहाँ गएर आप्mनो मागहरु पेस गर्ने, धर्ना दिने, पत्रकार सम्मेलन गर्ने लगायतका कामहरु गर्दै आएको ।
फलतः विसं २०६८ को ११ औं जनगणनामा कुलुङलगायत अन्य ११ वटा किराती जातिहरुको अलग्गै जातगत तथ्यांक पनि आएको छ । तर, त्यो वेला र, हालसम्म पनि राई जातिको नाममा संस्था दर्ता ऐन(२०३४ अन्तर्गत सामाजिक संस्थाको रुपमा दर्ता भएको र, बान्तावा जातिको नाममा आफ्नो संस्थाको नाम ‘किरात राई यायोक्खा राखेका’ संस्थाका प्रमुख लगायतहरुले कुलुङ लगायत अन्य किरातीहरुको वास्तविक पहिचान ‘राई’ शब्दले नै चिनिनुपर्ने जिरह गर्दै आएको, सोहीअनुसार लबिङ गर्दै आएको छ । जबकि नेपालमा किरातीहरुले मात्रै नभएर मुसलमान र मधेसीहरुले पनि ‘राया’, ‘राय’, ‘राई’ लेख्छन् । जस्तै नेपालमा दुई–दुई पटक केन्द्र सरकारका मन्त्री भएका ‘मोहमद इस्तियाक राई’ले पनि ‘राई’ लेख्छन्, राई भन्छन् । उनी नाम सुन्दै मुसलमान समुदायका हुन्, होइन र ? राईको अर्को उदाहरण भनेको भारतीय सिने उद्योगकी चल्तापूर्जा कलाकार ‘ऐश्वर्य राई’ पनि राई नै छन् । के उनी ‘राई जाति नै हो ? यसरी हेर्दा सुरुमा ‘राया’, ‘राय’ शब्दबाट अपभ्रंश भएर आएको ‘राई’ शब्दबारे अहिलेलाई यो भन्दा बढी नलेखौं ।
नेपाललगायत विभिन्न देशका सरकारले हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना गर्ने गर्छ । सोही आधारमा आ–आफ्नो देशको जनंख्यामा देखिएको जातजाति, भाषाभाषी, लैंगिकता, अल्पसंख्यक, भिन्न क्षमता भएका समूह, वर्ग, मजदुर आदिको तथ्यांक केलाएर हेर्छ भने यही तथ्यांकको आधारमा नै ती जातजाति, भाषाभाषी, लैंगिकता, अल्पसंख्यक, भिन्न क्षमता भएका अदिाका लागि बजेटिङ गर्ने र नीति निर्माण गर्ने गर्छ । हुन नेपालमा गएको जेठ २५ देखि असार ७ गते (विसं २०७८) मै जनगणना भइसक्नुपर्ने थियो । तर, नेपालमा सोही समयमा कोरोना महामारीको दोस्रो लहरले लपेटेको हुनाले सरकारले त्यो बेला जनगणनालाई अनिश्चितकालका लागि स्थगित गरेको थियो । स्थगित सो जनगणना यही कात्तिक २५ देखि मंसिर ८ गतेसम्म हुँदैछ । स्मरणीय छ, यो जनगणना नेपालको १२ औं राष्ट्रिय जनगणना हो ।
अन्तमा अरु राई भन्नेहरुले आउँदै गरेको १२ औं राष्ट्रिय जनगणनामा जे जे लेखाएतापनि हामी कुलुङहरुले ‘राई वा कुलुङ राई नलेखाएर ‘कुलुङ’ मात्रै लेखाऔं । स्मरण रहोस्, यसपालिको जनगणनामा कुलुङ जातिले पाएको जातिगत कोड–६२ र भाषागत कोड–२९ रहेको छ । त्यसैले कुलुङ जातिको वास्तविक संख्या र अरु जातिसरह अलग्गै जातीय स्वपहिचान र अस्तित्व देखाउनका लागि पनि अब हामी सबै (कुलुङ जातिका बुद्धिजीवी, शिक्षक, शिक्षिका, विद्यार्थी, जेठोपाको, जान्नेसुन्ने, समाजसेवी) एकपटक फेरि दिलो ज्यानले आ–आफ्नो क्षेत्र, ठाऊँबाट खटौं, लागि परौं । फेरि पनि सम्झनुहोस्, यसपालिको १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिले पाएको जातिगत कोड–६२ र भाषागत कोड–२९ (यसअघि भाषागत कोड ३३ भन्ने गरेकोमा भूलसुधार गरी क्षमायाचना गरिएको छ है कामरेडहरु) रहेको छ ।
ninmakirat123@gmail.com