Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विदेशमा अकालमा ज्यान गुमाउने नेपालीको स्थिति भयावह

हाम्रो कोशी आवाज
असोज १९ २०७८, मंगलबार
विदेशमा अकालमा ज्यान गुमाउने नेपालीको स्थिति भयावह

धरानः  रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । ०६५ देखि अहिलेसम्मको १३ वर्षमा नौ हजार ६ सय ६४ जनाले ज्यान गुमाएका छन् ।
तीमध्ये नेपाली श्रमिकका प्रमुख गन्त्यव्य खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय १७ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ जनाको मृत्यु भएको छ ।
त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमनमा ७४, जापानमा ४२ र दक्षिण कोरियामा एक सय ४८ जनाको ज्यान गएको छ । यी देशमा ह्दयघातबाट मात्रै दुई हजार एक सय १७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, सडक दुईघटनामा एक हजार दुई सय ५४ र कार्यस्थलमा सात सय १३ जनाको मृत्यु भएको छ । एक हजार एक सय चारजनाले त आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । बोर्डले नेपाली श्रमिक रहेका ५० देशको तथ्यांक अद्यावधिक गरेको छ ।
उता बेलायतको हड्र्सफिल्ड र बर्नमाउथ युनिभर्सिटीमा अध्यायपन गराउने नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्त्रानमा पनि धेरै नेपाली श्रमिकले हृदयघातलगायत मुटुसम्बन्धि समस्याले ज्यान गुमाउनुुपरेको उल्लेख छ । उनीहरुले सम्बन्धित मुलुकमै कार्यरत एनआरएनए सदस्यसमेतको समहयोगमा सन् २००८ देखि २०१९ सम्मको रिपोर्ट तयार पारेका थिए ।

प्रकाशित मिति: असोज १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend