Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ठूलो वर्षा गराउने मौसम बाहिरियो

हाम्रो कोशी आवाज
कार्तिक ५ २०७८, शुक्रबार
ठूलो वर्षा गराउने मौसम बाहिरियो

धरानः ठूलो वर्षा गराउने मौसमी प्रणाली नेपालबाट बाहिरिएको छ ।
मौसमी प्रणाली बाहिरिएपछि ठूलो वर्षाको सम्भावना नरहेको जनाइएको छ । बिहीबारदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको मौसमविद् समीर श्रेष्ठले बताए । बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्ने तर ठूलो वर्षाको सम्भावना नरहेको उनले बताए ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा हुने जनाइएको छ ।
दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानहरूमा मेघगर्जनm चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति: कार्तिक ५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend