धरानः नयाँ सवारी अनुमति पत्र (लाइसेन्स) को आवेदन यही साताबाट खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागका यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउन लागेको हो । विभागले झन्डै ६ महिनापछि नयाँ आवेदन खोल्न लागेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताएका छन् ।
दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । यही साताको शुक्रबारसम्म नयाँ आवदेन खुला गरिन लागेको यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसाल बताउँछन् ।
विभागले हाल १४ लाख लाइसेन्स नयाँ र पुरानालाई वितरण गर्न बाँकी रहेको छ । विभागका अनुसार यो १४ लाखलाई कार्ड वितरण गरेपछि भने नयाँ प्रविधिमा जाने तयारीमा रहेको छ । विभागका सूचना अधिकारीका अनुसार यो १४ लाख कार्ड वितरण गरेपछि भने हाल आएको नयाँ प्रविधिमा विभागले लाइसेन्स बनाउनका लागि तयारी गरिरहेको बताए ।