धरानः बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो राजीनामा दिएकी छन्। बुधबार बागमती प्रदेश सभामा सम्बोधन गर्दै शाक्यले राजीनामा दिएको घोषणा गरेकी हुन्।
गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएको शाक्यको दल नेकपा एमाले विभाजनसँगै अल्ममतको सरकार चलाउँदै आएकी थिइन्।
तर, पार्टी विभाजनसँगै विश्वासको मत लिनुपर्ने बाध्यताका कारण उनले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। जसमाथि कात्तिक ४ गते नै छलफल भएको थियो। सो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आज राजीनामा घोषणा गरेकी हुन्। ‘परिवर्तनलाई जनताको हितको निम्ति प्रयोग गर्नुपर्छ । । यसैले मिलेर अघि बढ्नुपर्छ । यो ढंगले सोचौं छलफल गरौं । पहलोचोटी हामी संघीयतामा आएका हौं । सातमध्ये वाग्मती प्रदेश राजधानीसँग जोडिएको १३ जिल्लाको महत्वको प्रदेश हो । मिलेर लाने हो भने क्षणिकभरमा यो प्रदेशको विकास गर्न सकिन्छ । यो प्रदेशलाई विकास, समृद्धिको हिसाबले हामी अगाडि छौं । नमूना प्रदेश बनाउन सकिन्छ’ उनले भनिन्, ‘हिजोको परम्परागत हिसालबे सोचेर हुँदैन । सत्ता पक्षले पेल्ने, सत्तापक्ष आफ्नै ढंगमा हिड्ने जस्तो सोचलाई हामीले त्याग्नैपर्छ । सत्तापक्ष र प्रतिपक्षीबीच सौहाद्र्र, एकता गरेर जानुपर्छ । सकारात्मक कुरालाई सकारात्मक रुपले लिनुपर्छ । हामी परिवर्तनको वाहक हौ भने यस्तो संस्कार ल्याउनुपर्छ । विकास गर्नुपर्छ । संस्कारयुक्त बाटो बनाउँ । एक अर्कालाई माया गराैं ।’
उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।