धरानः बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बन्दैछन्।