धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हातमा टोपी बोकेर देशभर कुदेको देख्दा माया लागेर आउने बताएका छन् ।
उनले माधव देशभर दौडिँदैमा केही फरक नपर्ने समेत बताएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले एमाले फुटाएर नयाँ पार्टी बनाएका नेपालप्रति कटाक्ष गरेका हुन् ।
‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिले धरान, कहिले धनकुटा, कहिले बागलुङ, हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ रु एमाले मार्न,’ ओलीको भने, ‘पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन्, उनी देश बनाउन होइन, एमाले बिगार्न उनी कुदिरहेका छन् ।’
ओलीले कम्युनिष्ट पार्टी जन्मिने बित्तिकै राणा शासकहरुले मार्न खोजेको बताउँदै माधव नेपालले केही गर्न नसक्ने पनि बताए । ओलीले कोभिड संकटबीच आफ्नो सरकारले तीन वर्षमा अनेक चमत्कारिक काम गरेकाले माधव नेपालको मन भत्भती पोलेको पनि बताए ।