Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

हाम्रो कोशी आवाज
कार्तिक १५ २०७८, सोमबार
भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

धरानः यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।
यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ । तिहारको मुख्यदिन भाइटीकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उनको भनाइ छ । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकैदिन परेको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend