Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाज रुपान्तरणमा फाल्गुनन्दको उच्च योगदानः राष्ट्रपति, उपराष्ट्रपति

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
समाज रुपान्तरणमा फाल्गुनन्दको उच्च योगदानः राष्ट्रपति, उपराष्ट्रपति

धरानः राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपतिले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।
सन्देशमा उनले फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेकी छन् ।
पराष्ट्रपति नन्दबहादुर पुनले प्रगतिशील सामाजिक अभियानकर्मी फाल्गुनन्दले चालेका कदम र दिएका उपदेश आजका दिनमा व्यावहारिक हुँदै आएको बताएका छन् ।
राष्ट्रिय विभूति, समाज सुधारक फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले छोरा समान छोरीलाई शिक्षा र अंश दिनुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनका वस्तु प्रयोग गर्नुपर्ने जस्ता धारणा ल्याएर समाज सुधारमा योगदान गरेका फाल्गुनन्दले नेपाली समाज रूपान्तरणमा उच्च योगदान दिएको बताएका छन् ।
किराँत धर्मावलम्बीका प्रवर्तकमध्येका एक फाल्गुनन्दलाई आज संसारभरका किराँत समुदाय र आम नेपालीले सम्मानका साथ स्मरण गरिरहेको उल्लेख गर्दै उपराष्ट्रपतिले फाल्गुनन्दले देखाएको सत्मार्गमा लाग्दा देश र जनता सबैको अझै उत्थान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend