Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कार्तिक ३० गते पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्द !

हाम्रो कोशी आवाज
कार्तिक २५ २०७८, बिहिबार
कार्तिक ३० गते पेट्रोलियम पदार्थको  मूल्यवृद्धिको विरोधमा नेपाल बन्द !

धरानः पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विरोध शुरु भएको छ ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ । एक वक्तव्यमार्फत् २५ गतेदेखि देशव्यापी विरोध प्रदर्शन, त्यसपछि चक्काजाम, सिटी जुलुस, मसाल जुलुस हुँदै नेपाल बन्दको समेत घोषणा गरिएको छ ।
जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुको मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् ।

प्रकाशित मिति: कार्तिक २५ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend