Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इजरायलमा ५०० कामदार पुसमा पठाउने तयारी

हाम्रो कोशी आवाज
कार्तिक ३० २०७८, मंगलबार
इजरायलमा ५०० कामदार पुसमा पठाउने तयारी

धरानः इजरायल रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारलाई पुसको दोस्रो साताबाट इजरायल पठाइने भएको छ। केयर गिभरमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट र प्रहरीको रिपोर्ट माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि विभागले चार वटा अस्पताल तोकेको छ। सो रिपोर्ट आएसँगै विभागले कामदारको सबै रिपोर्ट इजरायललाई पठाउने छ। इजरायलले कन्ट्रयाक पेपर पठाएपछि नेपाली कामदार इजरायल जान पाउने वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए।
इजरायल रोजगारीमा पहिलो चरणमा पाँचसय जना पठाइनेछ। दोस्रो सुचना प्रकाशन गरी बाँकी रहेका कामदारलाई लैजाने प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ।
कामदारले कन्ट्रयाक पेपरमा सम्झौता गरेको ३० दिनभित्र उडिसक्नु पर्ने शाखा प्रमुख सुनुवारले जानकारी दिए। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ।
रोजगारीका लागि परीक्षामा एक हजार ६ सय जना छनोट भएका थिए। जसमध्ये चिट्ठा प्रक्रियाबाट एक हजार १७५ जना छनोट भएका छन्। छनोट भएका सबै कामदार पठाउने तयारी भएको सुनुवारले बताए।

प्रकाशित मिति: कार्तिक ३० २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend