Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकनाथ ढकाल परिवार दलको अध्यक्षमा पुनः निर्वाचित

हाम्रो कोशी आवाज
मंसिर ५ २०७८, आइतबार
एकनाथ ढकाल परिवार दलको अध्यक्षमा पुनः निर्वाचित

धरानः नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिवेशन अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित गदै सम्पन्न भएको छ ।
शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको छ । ‘सबैखाले विभेदको अन्त्य गरौंः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौं’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ ।
महाधिवेशनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संविधा सुधार आयोग लगायतको विषयलाई पारित गरेको छ । अधिबेसनबाट वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोषकुमार पौडेल, महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संविधानसभा सदस्य मिलन कुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी, कोषाध्यक्षमा गोविन्दनाथ मिश्र, सहकोषाध्यक्षमा वुद्धिमाया पुन मगर चयन भएका छन् ।
केन्द्रीय सदस्यहरुमा मोहनलाल चदरा, टिकाराज विश्वकर्मा, खडगसिंह नागरि , सन्तबहादुर परियार, धर्म रोकाया, निला श्रेष्ठ, ममिता पुन, नसिमा खान, कल्पना बराल, रिता महत्तो, जानकी घिमिरे अर्याल, सावित्रीदेवी बम, विष्णुकुमारी विश्वकर्मा, अम्विका पराजुली, कामना भुसाल, मायादेवी कँडेललगायत १०१ कार्य समिति निर्वाचित भएका छन् ।
अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडि बढेको बताए । ढकालले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । –इमेलमार्फत्

प्रकाशित मिति: मंसिर ५ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend