Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को नतिजा शुक्रबार आउने

हाम्रो कोशी आवाज
मंसिर १६ २०७८, बिहिबार
कक्षा-१२ को नतिजा शुक्रबार आउने

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाफल शुक्रबार प्रकाशित गर्ने भएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले भोलिसम्ममा नतिजा सार्वजनिक गरिने तयारी रहेको बाह्रखरीलाई जानकारी दिए ।
गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा-१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
यस्तै, कोभिड–१९ का कारण परीक्षा दिन नपाएकाहरूले बुधबारदेखि परीक्षा दिएका छन् । कोभिडका कारण परीक्षा दिन छुटेका ४१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीको परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend