Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को नतिजा आज आउने

हाम्रो कोशी आवाज
मंसिर १७ २०७८, शुक्रबार
कक्षा-१२ को नतिजा आज आउने

धरानः गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।
राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमती भएको छ। गएको वैशाखमै सञ्चालन गर्नुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो।
बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । शुक्रबार बिहान ९ बजे बोर्ड बैठक बोलाइएको छ ।
परीक्षा सकिएको ६७ दिनमा नतिजा सार्वजनिक गर्न लागेको छ । देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
कक्षा १२ को परीक्ष गएको ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति: मंसिर १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend