Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को नतिजा सार्वजनिक

हाम्रो कोशी आवाज
मंसिर १७ २०७८, शुक्रबार
कक्षा-१२ को नतिजा सार्वजनिक

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।
नतिजा https://neb.ntc.net.np/ मा हेर्न सकिनेछ। अहिले नतिजाको विवरण अपलोड भइरहेकाले केही समय लाग्ने भएको बोर्डका अधिकारीले बताएका छन्।
एनईबी स्पेस अनि सिम्बोल नम्बर लेखी १६०० मा एसएमएस पठाएर वा आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा जानकारी पाउन सकिने बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो। जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए।
गत वैशाखमै गरिनुपर्ने कक्षा-१२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो। सात हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ।
‘बी प्लस’ ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ। करिब एक लाख विद्यार्थीले ‘बी’ ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दश हजार हाराहारी विद्यार्थीले ‘ई’ ग्रेड पनि ल्याएका छन्।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए।

प्रकाशित मिति: मंसिर १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend