Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीब्र गतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवाको मृत्यु

हाम्रो कोशी आवाज
पुष २ २०७८, शुक्रबार
तीब्र गतिको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवाको मृत्यु

दमक: आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एकजनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका-८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई-८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: पुष २ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend