Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले माग्यो निमावि तहमा २ हजार ५९८ शिक्षक

हाम्रो कोशी आवाज
पुष ६ २०७८, मंगलबार
सरकारले माग्यो निमावि तहमा २ हजार ५९८ शिक्षक

धरानः शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएको थियो । सोही अनुसार विज्ञापन खुला गरिएको हो ।

प्रकाशित मिति: पुष ६ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend