Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्लटिङ र घर बनाउने प्रवृत्तिले मङ्हगी बढायो

हाम्रो कोशी आवाज
माघ १ २०७८, शनिबार
प्लटिङ र घर बनाउने प्रवृत्तिले मङ्हगी बढायो

चाडवाड विशेष नजिकिदै जाँदा बजारमा मङ्हगीले सीमा नाघ्छ । सरकारद्वारा अनुगमन प्रभावकारीरुपमा नगर्दा पनि मङ्हगीले सीमा नाघेको हो । नेपाल सरकारले बजार अनुगमन नगर्दा व्यापारीहरुले आफूखुसी सामानको मूल्य निर्धारण गरेर जनता ठगिरहेका छन् । निरन्तर बढिरहेको मङ्हगीका कारण सर्वसाधारणलाई चुल्हो बाल्न धौ धौ परेको छ ।
व्यापारीले आफुखुसी सामानको मूल्य निर्धारण गर्दा सर्वसाधारणहरु मारमा परेका छन् । नेपालीहरुले सबैभन्दा धेरै चाडबाड मनाउँछन् । वर्षेनी सयौको संख्यामा नेपालीहरुले चाडबाड मनाइरहेका हुन्छन् । बिहान कमाएर बेलुका गुजारा गर्नेहरुलाई के चाडबाडजस्तै अनुभव हुन्छ । चाडबाडको मौसम सुरु हुनेबित्तिकै व्यापारीहरुले मौका छोपेर सामानको मूल्य बढाउँछन् । व्यापारीहरुले सामानको मनलाग्दी भाउ राख्ने र जनता ठग्ने काम गरिरहेको हुन्छन् । हरेक वस्तुको रेट व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो उपभोक्ताले त्यति नै तिर्नुपर्ने हुन्छ ।
बजारमा पाइने कुनै पनि सामानको मूल्य निर्धारण सरकारले गरेको छैन । सामान बनाउने कम्पनीेले पनि मनलाग्दी नाफा राखेर रेट राखेका हुन्छन् । कुनै पनि व्यवसायीले आफूलाई घाटा हुने गरी मूल्य निर्धारण गर्दैनन् । खानयोग्य नभएको सामानहरु पनि कम्पनीले म्याद थपेर बजार पठाइरहेका हुन्छन् । स्वास्थ्यलाई असर पर्ने, गुणस्तरहीन सामानहरु पनि बजारमा बिक्रीका लागि राखिएको हुन्छन् । सामान किनेर उपभोग गर्नेलाई गुणस्तर छ कि छैन भनेर थाहा हुँदैन । तोकिएको जति तौल भए नभएको अत्तोपत्तो हुँदैन । यता, म्याद थपेर हो कि ताजा हो स्वासथ्यको लागि कति फाइदाजनक त्यो पनि थाहा हुँदैन ।
पछिल्लो समाय बजारमा छ्याप्छ्याप्ती नक्कली सामान पाइन्छन् । यस्ता नक्कली र गुणस्तरहीन सामानले मानिसको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यस्ता खाद्यान्नले हड्डी खिइने, क्यान्सर निम्त्यिाउने, सुगरजस्ता रोगहरु लाग्दछ । ढकतराजुको तल केही राखेर पनि उनीहरुले ठगिरहेका छन् । सरकारको लापरबाहीले गर्दाखेरि जनताको पैसा वालुवामा पानी मिसाएझैं भएको छ । यस्तो केमिकलजन्य खाद्यान्न प्रयोग गर्दा मानिसहरुको आयु घटिरहेको छ । कुखुरादेखि लिएर हरियो सागसब्जीमा विषालु औषधि राखिने गरिन्छ । तौल बढ्ने भएपछि व्यापारीहरुले सुइ हान्ने गरेका छन् ।
व्यापारीहरुले धर्म छोडेर पैसाको पछि दौडिँदा जनता ठगिएका छन् । अहिले बजारमा माघे सङ्कान्तिले छोपेको छ । बजारमा माघे संक्रान्तिको लागि सामान किन्नेको चाप बढ्दो छ । तर, पसलैपिच्छे सामानको रेट राखिएको छ । यसरी आफूखुसी रेट राखेर व्यापारीहरुले राज्यलाई राजस्व छल्दा र जनता ठग्दा सरकार कहाँ छ ? कतिपय व्यापारीहरुले दर्ता नै नगरी पसल सञ्चालन गरिरहेका छन् । पछिल्लो समय फुटपाथ र ठेलागाडा व्यापारी बढेका छन् । सटर भाडा तिर्न नपर्ने भएको नाफा जति सबै आफैले राख्न पाउने भएपछि अहिले फुट्पाथ र ठेलागाडा व्यासायी बढेका छन् ।
तर, आफूखुसी रेट राखेर जनता ठग्ने व्यापारीलाई कानुनको दायरामा ल्याउन न जिल्लाका प्रमुखहरु तातिन्छन् । मेयर त नामको मात्र हुन् तिनको काम केही पनि छैन । माछा–मासुदेखि लिएर दैनिक उपभोग्य सामानहरु निरन्तर उकालो लागिरहेको पाइन्छ । महिनामा ८ देखि १० हजार कमाउनेहरुले खान नसक्ने भइसकेका छन् । कोठाभाँडा तिर्नु कि खानु ? मासिक १० हजार कमाउने अब भोकभोकै हिँड्नुपर्ने दिन आएको छ । काम पाइँदैन, पाएपनि थोरै तलब हुन्छ । सरकारी जागिर खानलाई कि त भनसुन गर्नुपर्छ कि क्षमता हुनुपरयो । एउटा सानो निजी अफिसमा काम पाउनलार्य समेत एकदुई महिता सित्तैमा दलिनुपर्छ । अनि के गरेर खाने ? महङ्गी बढेको बढ्यै छ तलब बढ्दैन । बजारमा दैनिक बढिरहेको महङ्गी र बेरोजगारीले विकराल रुप लिने देखिन्छ ।
बजारमा दैनिक उकालो लागिरहेको महङ्गीलाई नियन्त्रण गर्न सम्बन्धित निकाय तात्नुपरयो । दैनिक बजार अनुगमन गर्नैपरयो । नेपालमा फल्ने रायोको साग समेत केही वर्षयता भारतबाट आयात हुन्छ । मुठामा बेचिने साग अहिले तौलिएर बेचिन्छ । विकास भनेको यही नै हो ?
उब्जनी हुने जग्गा सबै मासिँदा पनि महङ्गी बढेको बताइन्छ । नेपाल सरकारले नेपाली जनतालाई आत्मनिर्भर बनाउन सकेन् । बरु कसरी हुन्छ परनिर्भर हुन सिकायो । अरु मुलुकको व्यापार गर्ने थलो नेपाल बनेको छ । नेपाल सरकारको कमकमजोरीले हाम्रो मुलुक गरिब बन्दै गयो अरुको धनी ।
सरकारको लापरवाहीले सर्वसाधारणहरु मारमा परेका छन् । एकातिर सामान महङ्गो हुन्छ अर्कोतिर बासी । नेपालको मुद्रा सबै अन्य मुलुकले लगिरहेको छ । हामी ट्वाल्ल परेर हेरिरहेका छौ । एउटा सिटामोलको लागि समेत भारतको निर्भर बनेर बस्ने देश बन्यो नेपाल त्यो पनि सरकारकै कमीकमजोरीले ।
नेपालीहरुलाई आफ्नो मुलुक र माटोमा पसिना बगाउन लाज लाग्छ । तर, खाडीमा बसेर पसिना बगाउन उनीहरुलाई केही लाग्दैन् । विदेशले नेपाललाई रोजगारी नदिने हो भने यहाँका सब भोकमरी लागेर मर्छन् । हामीलाई बाँच्न धौ धौ परिरहेका बेला यसपछिको पिढीँ कसरी बाँच्ने ? रोजगारीको अभाव छ, आफ्नो क्षमता अनुसार रोजगारी पाइँदैन भन्ने सोचाइ नेपालमा छ । मान्छेलाई लाउनभन्दा पनि खानको आवश्यकता पर्छ । खाद्यान्नको अभावमा मानिस बाँच्न सक्दैन । फरक यति हो पैसा हुनेले राम्रो खालान् पैसा नहुनेले आफ्नो स्तर अनुकुल । तर, खान त सबैलाई पर्छ ।
नेपाल सरकारले भनेको बेलामा बुद्धि नपुरयाउँदार उब्जनी हुने जग्गा खण्डीकरण गरेर घर बनाएर सिद्धिसकेको छ । जनसंख्या दैनिक बढिरहेको छ । जनसंख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । तर, नेपालको जमिन बढेको छैन, बरु घटिरहेको छ । नेपालीहरुको भएको जमिनहरु छिमेकी मुलुकहरुले पिल्लर सारेर कब्जा गरेका छन् । घर र बाटो गर्दागर्दै नेपालीको जग्गाजमिन सिद्धिसक्यो । जसको असर नेपालको खाद्यद्यान्नमा देखिएको छ । केही वर्षपछि भोकमरी लाग्ने निश्चित देखिएको छ । केही गरी भारतले नाकाबन्दी लगाइदियो भने नेपाली जनता भोकभोकै मर्छन् । अझै पनि देशका नेताहरुलाई नघच्घचाउने हो भने नेपाल देश नै नरहला कि भन्ने चिन्ता बढ्दो छ । खाने, लाउने, चढ्ने, उपचार, औषधि सबै अरु देशबाट ल्याउँछौं । नेपालीहरुले वर्षौदेखि सिकेको सीप खेतीयोग्य जमिन प्लटिङ गर्ने घर बनाउने ? भाडामा लगाउने बसीबसी खाने ? यसको नतिजा नेपालीले केही वर्षपछि अवश्य पनि देख्नेछन् ।
हालः भक्तपुर (अनुषा पत्रकारिता विषयमा अध्ययनरत् छिन् ।

प्रकाशित मिति: माघ १ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend