Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

त्रिविका सबै परीक्षा स्थगित

हाम्रो कोशी आवाज
माघ ६ २०७८, बिहिबार
त्रिविका सबै परीक्षा स्थगित

धरानः त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको परीक्षा नियन्त्रण कार्यालयको बैठकले वार्षिक तथा सेमेस्टर प्रणालीलगायत सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक विज्ञप्ति जारी गर्दै माघ ९ गतेपछिका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
यद्यपि, शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने छन् । शुक्रबार बिएस्सी र शनिबार बिबिए र बिसिए कार्यक्रमको प्रवेश परीक्षा हुने तय छ ।
तीन वर्षे एलएलबीको तेस्रो वर्षको परीक्षा भने माघ १० गतेदेखि र पहिलो वर्षको परीक्षा १३ देखि लिने तयारी गरेको थियो ।
लोकसेवाका परीक्षा माघ मसान्तसम्म स्थगित
यसैबीच, लोक सेवा आयोगले पनि लिखित परीक्षाहरू माघ मसान्तसम्मका लागि स्थगित गरेको छ ।
बिहीबार बसेको आयोगको बैठकले लोक सेवाअन्तर्गतका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो । जसमा माघ ११ देखि हुने परीक्षा माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ ।
पछिल्लो समय कोभिड –१९ को संक्रमण दर तीब्र गतिमा बढेको र आयोगका कर्मचारीलाई संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: माघ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend