धरानः पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ।
कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन्।
परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन्।