Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा

हाम्रो कोशी आवाज
माघ ९ २०७८, आइतबार
त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा

धरानः त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । यसका लागि भोलि साेमवार १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ ।

अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्नेछ । यस्तै सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुपर्ने त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।

यस्तै भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिनेछ । अनलाइन कक्षा व्यवस्थित भए/नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।

यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ । अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ ।

प्रकाशित मिति: माघ ९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend